पत्रकारितामा सूचनाको हकको प्रयोग विषयक दुई दिने अभिमुखिकरण कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २०८१ वैशाख २९, शनिबार । 

पत्रकारितामा सूचनाको हकको प्रयोग विषयक दुई दिने अभिमुखिकरण कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कमलामाई नगरपालिकाको सहयोग तथा अंकपत्र मिडिया ग्रुप प्रा.लिको आयोजनामा भएको २ दिने अभिमुखिकरण कार्यक्रम आज शनिबार सम्पन्न भएको हो ।

सूचनाको हक, महत्व र प्रयोगबारेको ज्ञानमा अभिबृद्धिका माध्यमले स्थानीय स्तरमा सुशासन कायम गर्ने पत्रकारीता सँग सम्बद्ध जनशक्ति तयार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमा सूचना भनेको के हो?, सुचनाको हक भनेको के हो?, यसको महत्व, सूचनाको हकको अन्तर्राष्ट्रिय इतिहास, सूचना मागको निवेदन तयार गर्दा ध्यान दिनुपर्ने कुरा लगायतको बारेमा जानकारी गराईएको थियो ।

पत्रकारितामा सूचनाको हकको प्रयोग विषयक दुई दिने अभिमुखिकरण कार्यक्रममा सहभागी पत्रकार तथा संचारकर्मीहरुले पहिलो पटक सूचनाको हक बारे जान्ने मौका पाएको र सूचनाको हकको प्रवर्द्धन र व्यवहारिक रुपमा प्रयोगमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । 

कार्यक्रममा जिल्लाका ३० जना क्रियाशील पत्रकार तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा प्रशिक्षक धर्मेन्द्र झा र सौर्य दैनिकका पत्रकार दिपक आचार्यले सहजिकरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह

रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार । नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल

सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सिन्धुली । सिन्धुलीको विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वका लागि लामो तथा छोटो

radiosindhuligadhhi

सिन्धुलीमा हायस दुर्घटना हुँदा १५ जना घाईते 

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान काठमाण्डौबाट मोरङ