आगो निभाउने क्रममा जलेर एक वृद्धाको मृत्यु

radiosindhuligadhhi

सिन्धुली । 

सिन्धुलीको कमलामाई नगरपालिका १ खारखोलामा आगो निभाउने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८६ बर्षिया कृष्णमाया पौडेल रहेकी छन् ।

आज बिहिबार बिहान करिब ११ः३० को समयमा सुकेका झारपात, पतिङगर जलाउनको लागी उनले आफ्नै पाखोबारीमा आगो सल्काएकी थिइन् । आगो अन्यत्र जाने त्रासले निभाउन जाँदा बारीको डिलबाट चिप्लिएर आगो लागेको स्थलमा खस्दा जलेर उनको घटनास्थलमै मृत्य भएको वडा नम्बर १ का वडाध्यक्ष नरेश कुमार गोलेले जानकारी दिनु भयो ।

कृष्णमाया पौडेल हराएको केही समयपछी खोज्ने क्रममा शरीर, हात खुट्टा जलेको अबस्थामा फेला परेकी थिइन् । उनको शव जिल्ला अस्पतालमा पोष्टमार्टम पछि परिवालाई बुझाईएको छ । 

प्रतिकृया दिनुहोस

युवा नागरिक स्कोर कार्ड कार्यक्रम शिद्धबाबा मा.वि पानीट्याङकीमा सम्पन्न

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकीमा युवा नागरिक स्कोर कार्ड कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार ।  सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को

radiosindhuligadhhi

गोलन्जोर गाउँपालिका ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक पुरुषको मृत्यु 

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक जना पुरुषको मृत्यु