आगो निभाउने क्रममा जलेर एक वृद्धाको मृत्यु

radiosindhuligadhhi

सिन्धुली । 

सिन्धुलीको कमलामाई नगरपालिका १ खारखोलामा आगो निभाउने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८६ बर्षिया कृष्णमाया पौडेल रहेकी छन् ।

आज बिहिबार बिहान करिब ११ः३० को समयमा सुकेका झारपात, पतिङगर जलाउनको लागी उनले आफ्नै पाखोबारीमा आगो सल्काएकी थिइन् । आगो अन्यत्र जाने त्रासले निभाउन जाँदा बारीको डिलबाट चिप्लिएर आगो लागेको स्थलमा खस्दा जलेर उनको घटनास्थलमै मृत्य भएको वडा नम्बर १ का वडाध्यक्ष नरेश कुमार गोलेले जानकारी दिनु भयो ।

कृष्णमाया पौडेल हराएको केही समयपछी खोज्ने क्रममा शरीर, हात खुट्टा जलेको अबस्थामा फेला परेकी थिइन् । उनको शव जिल्ला अस्पतालमा पोष्टमार्टम पछि परिवालाई बुझाईएको छ । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

तामाङ र नेपाल भाषालाई बागमती प्रदेशमा सरकारी कामकाजमा प्रयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८१, सोमबार ।  बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल अर्थात नेवारी भाषा पनि सरकारी कामकाजको भाषाका रुपमा लागू भएको छ ।

radiosindhuligadhhi

अपाङ्गता भएका महिलाहरुको यौनिकता एवम् प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुली । सिन्धुली अपाङ्ग महिला संघको पाँचौ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन तथा अपाङ्गता भएका महिलाहरुको यौनिकता

radiosindhuligadhhi

सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने

रेडियो सिन्धुलीगढी, १६ वैशाख २०८१, आईतबार ।  सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को