बलेनी सामुदायिक बनमा लागेको आगो बस्तीमा फैलिदा लाखौको क्षति

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १२ वैशाख २०८१, बुधबार । 

सिन्धुलीको गोलन्जोर गाउँपालीकाको सामुदायिक जंगलमा लागेको आगो बस्तीमा फैलिदा लाखौको क्षति भएको छ । हिजो बेलुका ५ बजेको समयमा गाउँपालिकाको वडा नम्बर ६ गैरीगाउँ स्थित बलेनी सामुदायिक बनमा लागेको आगो बस्तीमा फैलिदा लाखौको क्षति भएको हो ।

आगोलागीबाट गैरीगाँउ बस्ने अन्दाजी ६७ बर्षीय बेद कोईरालाको ढुङ्गा माटो र काठले बनेको जस्ताले छाएको घर र गोठ जल्दा सात लाख बराबरको क्षति भएको छ ।
साथै, सोही ठाउँ बस्ने ६५ बर्षीय ईन्द्र लाल श्रेष्ठको खरले छाएको, ढुंगा, माटोले बनेको घर जल्दा चार लाख बराबरको क्षति भएको छ भने ४४ बर्षीय तिलक लाल श्रेष्ठको खरले छाएको, ढुंगा, माटो र काठले बनेको २ तले २ वटा घर जल्दा आठ लाख पचास हजार बराबरको क्षति भएको छ ।

बेलुका ५ बजे बस्तीमा पसेको आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा बेलुका ९.५० बजे पुर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस

युवा नागरिक स्कोर कार्ड कार्यक्रम शिद्धबाबा मा.वि पानीट्याङकीमा सम्पन्न

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकीमा युवा नागरिक स्कोर कार्ड कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार ।  सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को

radiosindhuligadhhi

गोलन्जोर गाउँपालिका ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक पुरुषको मृत्यु 

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक जना पुरुषको मृत्यु