विलविजक नभएको प्याज सहित पिकअप गाडी र चालक नियन्त्रणमा 

radiosindhuligadhhi


सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानबाट प्रहरीले विलविजक नभएको प्याज सहित पिकअप गाडी चालकलाई नियन्त्रणमा लिएको छ । हिजो  आईतबार बिहान ११.३० बजेको समयमा वि.पि राजमार्गमा भिमानबाट खटिएको प्रहरी टोलीले बर्दीबासबाट काठमाडौतर्फ जादै गरेको पिकअप गाडीलाई रोकि चेकजाँच गरेको थियो । 

चेकजाँच गर्ने क्रममा महोत्तरीको बर्दीबास नगरपालिका वडा नम्बर ४ बस्ने २२ को विजय मण्डलले चलाएको प्र २०२००१ च ०३९३ नम्बरको पिकअप गाडीबाट फेला परेको ३२ क्यारेट अन्दाजी ८ सय के.जी प्याजको बिल भन्सार नभएको पाईएकाले बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पिकअप गाडी र चालकलाई समेत नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
 

प्रतिकृया दिनुहोस

युवा नागरिक स्कोर कार्ड कार्यक्रम शिद्धबाबा मा.वि पानीट्याङकीमा सम्पन्न

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकीमा युवा नागरिक स्कोर कार्ड कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार ।  सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को

radiosindhuligadhhi

गोलन्जोर गाउँपालिका ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक पुरुषको मृत्यु 

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक जना पुरुषको मृत्यु