दुधौली नगरपालिका ७ डम्मरखाडीमा कारले हाएसलाई ठक्कर दिदाँ ११ जना घाईते

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, १० वैशाख २०८१, सोमबार । 

सिन्धुलीको दुधौली नगरपालिका ७ डम्मरखाडीमा कारले हायलाई ठक्कर दिदाँ ११ जना घाईते भएका छन् । आज बिहान ११. ५० बजेको समयमा मदन भण्डारी राजमार्गमा कटारीबाट भिमान तर्फ आउँदै गरेको बा ५ ख ७३० नम्बरको हायसलाई भिमानबाट कटारी तर्फ जाँदै गरेको बा ७ च ९७९० नम्बरको होन्डाई कारले ठक्कर दिदाँ कार सवार १ जना र हायसमा सवार १० जना गरि जम्मा ११ जना घाईते भएका हन् । 

घाईते हुनेमा कार चालक काठमाण्डौ म.न.पा.३२ बस्ने ५८ बर्षीय श्याम प्रसाद उपाध्यकी श्रीमती ४८ की रन्जु कुमारी घिमीरे रहेकी छन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको र कटारी स्थित सगरमाथा हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

 साथै, हायसमा सवार मध्ये घाईते भएका सुनसरीको दुहबी न.पा.४ बस्ने ५२ बर्षीय देवी आचायको कटरी अपस्ताल उपचारमा भईरहेको छ । त्यस्तै, ललितपुर महालक्ष्मी न.पा.३ बस्ने ३४ बर्षीय निरज खडका, उनकी श्रीमती ३२ बर्षीया निशा पोखरेल र छोरा ५ बर्षीय त्रिशन खड्काको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ। 

यस्तै, .मोरङ बेलबारी न.पा ३ बस्ने ३६ बर्षीया सिता राई, बेलबारी न.पा ६ बस्ने २१ बर्षीया प्रतिष्ठा चौधरी, वडा नम्बर ४ बस्ने २३ बर्षीया प्रिया लिम्बु, उनका २ बर्षीय छोरा यन्सु हाङमा लिम्बु, मोरङ विराटनगर म.न.पा १९ बस्ने ४१ बर्षीया शारदा श्रेष्ठ, उदयपुर कटारी न.पा ८ बस्ने २१ बर्षीय सन्जु थापा मगर घाईते भएका छन् । उनीहरुको पोलोक्लिनिकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस

युवा नागरिक स्कोर कार्ड कार्यक्रम शिद्धबाबा मा.वि पानीट्याङकीमा सम्पन्न

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकीमा युवा नागरिक स्कोर कार्ड कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार ।  सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को

radiosindhuligadhhi

गोलन्जोर गाउँपालिका ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक पुरुषको मृत्यु 

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक जना पुरुषको मृत्यु