निजी क्षेत्रका रोजगारदाताहरुलाई रोजगारदाता डाटाबेस सिस्टम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २९ चैत २०८०, बिहिबार ।

निजी क्षेत्रका रोजगारदाताहरुलाई रोजगारदाता डाटा बेस सिस्टम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजना तथा बागमती प्रदेश उद्योग परिसंघ मकवानपुरको सहकार्यमा भएको कार्यक्रम हिजो  बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको हो ।

कार्यक्रममा रोजगारदाताहरुको डाटाबेस के हो ?, उम्मेदवारको रुपमा कसले यो डाटाबेसको प्रयोग गर्न सक्छन् ?, डाटाबेसमा दर्ता हुदाँ रोजगारदातालाई के के फाईदा हुन्छ ?, डाटाबेसमा दर्ता हुनका लागी रोजगारदाताहरुलाई के चाहिन्छ ?, डाटाबेसमा रोजगारदाटाहरुले कसरी दर्ता गर्न सक्छन् भन्ने बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा कमलामाई नगरपालिका भित्रका ४० जना उद्योग व्यवसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण सिन्धुली डेरी उद्योगका संचालक बलराम अधिकारीले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

तामाङ र नेपाल भाषालाई बागमती प्रदेशमा सरकारी कामकाजमा प्रयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८१, सोमबार ।  बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल अर्थात नेवारी भाषा पनि सरकारी कामकाजको भाषाका रुपमा लागू भएको छ ।

radiosindhuligadhhi

अपाङ्गता भएका महिलाहरुको यौनिकता एवम् प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुली । सिन्धुली अपाङ्ग महिला संघको पाँचौ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन तथा अपाङ्गता भएका महिलाहरुको यौनिकता

radiosindhuligadhhi

सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने

रेडियो सिन्धुलीगढी, १६ वैशाख २०८१, आईतबार ।  सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को