स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा सम्पन्न  

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १९ असोज २०७८, मंगलबार/ स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता, नेपाल सहकारी महासंघका सचिव बाल कुमारी श्रेष्ठको प्रमुख आथित्यता तथा उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेस चन्द्र बैदारको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

“सबैका लागि एक, एकका लागि सबै” भन्ने नाराका साथ संचालन भएको कार्यक्रममा स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरिनुका संस्थाका साथै सर्वाेत्कृष्ठ व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । 

वार्षिक साधारणसभामा स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक गतिविधि सहितको वार्षिक प्रतिवेदन स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष बल बहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । 

यस्तै, यस संस्थाका असल बचत कर्ताको रुपमा सर्वाेत्कृष्ट महिला बचत कर्तामा रिता नेपाली र पुरुष तर्फ दिल बहादुर बम्जन सम्मानित हुनुभएको छ । त्यस्तै, सर्वाेत्कृष्ट बाल बचत कर्तामा आरभ देवकोटा र सेरिना दाहाल सम्मानित हुनुभएको छ । 

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सर्वाेत्कृष्ट ऋणी तर्फ सुकुमाया भोलन र असल राज भण्डारी, संस्थाका पूर्व सहसचिव सुनिता गिरि र असल कर्मचारीको रुपमा चन्द्रा कुमारी श्रेष्ठलाई सम्मान गरिएको छ । 

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्नुहुदै पत्रकार महासंघ सिन्धुलीका सचिव अनिल भण्डारीले सदस्य दर्ता गर्नु मात्र ठुलो कुरा नभएको र संस्था दिगो रुपमा चलाई राख्न नै महत्वपुर्ण कुरा भएको बताउनुभयो । साथै उहाँले संस्थालाई आगामि दिनको कार्य सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको छ । 

कार्यक्रममा राष्ट्रिय वाणिज्य बंैकका शाखा प्रमुख श्रवण कुमार नेवा खड्गी, पत्रकार महासंघ सिन्धुलीका सचिव अनिल भण्डारी, उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेस चन्द्र बैदार, सिन्धु बचत तथा ऋण सहकारी सस्था, जिल्ला सहकारी संघ, नगर सहकारी संजाल सिन्धुली, मिलिजुली बचत तथा सहकारी संघ सस्थाका पदाधिकारीहरु लगाएत स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।  
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

दुधौली नगरफालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

रेडियो सिन्धुलीगढी, १० असार २०७९, शुत्रबारदुधौली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

radiosindhuligadhhi

कमलामाई नगरपालिकाको बजेट १ अर्ब ३४ करोड 

रेडियो सिन्धुलीगढी, १० असार २०७९, शुक्रबार/  कमलामाई नगरपालिकाले अगामी आर्थिक वर्षका लागि १ अर्व ३४ करोडको बजेट ल्याएको छ । आज बसेको ११ औँ नगरसभाको

radiosindhuligadhhi

जिल्ला सहकारी संघ सिन्धुलीको २८ औं बार्षिक साधारण सभा सिन्धुलीमाढीमा सम्पन्न

रेडियो सिन्धुलीगढी, ०१ असोज २०७८, शुक्रबार/ जिल्ला सहकारी संघ सिन्धुलीको २८ औं बार्षिक साधारण सभा आज (शुक्रबार) सिन्धुलीमाढीमा सम्पन्न भएको छ । जिल्ला