दुधौली नगरफालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १० असार २०७९, शुत्रबारदुधौली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाको १५ औँ अधिवेशनमा दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारीले नीति तथा कार्यक्रम र नगर उपप्रमुख चन्द्रकिशोर थारुले बजेट प्रस्तुत गर्नुभएको हो ।

थारुले आगामी आर्थिक वर्ष २०७९/०८० को लागी १ अर्ब १२ करोड ३२ लाख ८९ हजार ४ सय २३ बजेट बिनियोजन गरिएको हो ।
नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी र विद्युतमा सबै नगरवासीको सहज पहुँच पुर्‍याउने सबै घर र वस्ती जोड्ने ग्रामीण तथा कृषि सडक एवं पुल पुलेसा र सिंचाईको प्रबन्ध गर्ने, सुकुम्बासीलाई घडेरी तथा जग्गा धनी प्रमाणपूर्जा वितरण र अव्यवस्थित जग्गा र वसोवासीको समुचित प्रवन्ध गरी सार्वजनिक र ऐलानी जग्गाको संरक्षण गर्ने, सांस्कृतिक सम्पदा, पार्क, हरियाली क्षेत्र, मठ मन्दिरको संरक्षण र विकास गरी पर्यटन उद्योगलाई सुदृढ गर्ने नगर प्रमुख अधिकारीले बताउनु भयो ।

त्यस्तै कृषक सुचीकरण कार्यलाई निरन्तरता दिदै कृषि र पशुपंक्षी विकासको क्षेत्रमा आधुनिकीकरण, व्यवस्थितीकरण, विविधीकरण र व्यवसायीकरण गरी उपझोक्ता हितको संरक्षण गर्ने, सामाजिक सुरक्षा र समावेशी विकास, लैङ्गिक हिंसा रोकथाम, महिला सशत्तीकरण, वातावरण विपद र फोहोर मैला व्यवस्थापन एवं सूचना प्रविधिको विकास गर्ने, सहकारिताको विकास एवं साझेदारीमा युवा स्वरोजगार एवं खेलकुदको विकास गर्ने निति ल्याइएको छ । 

कृषकहरुलाई आइपर्ने विभिन्न कृषि तथा पशु सम्बन्धी समस्याहरुलाई निराकरण गरी कृषि कार्यबाट उच्चतम प्रतिफल हासिल गर्न सहयोग पुगोस् भन्ने हेतुले पालिकामा एक कृषि स्नातक प्राविधिक र पशु सेवाका लागि पनि एक पशु स्नातक प्राविधिक राख्ने व्यवस्था गरिएको छ । साथै कृषक परामर्शका लागि पायक पर्ने स्थानमा कृषि तथा पशु सेवा प्राविधिकको व्यवस्था गरिने, सार्वजनिक नीजि साझेदारी कार्यक्रमबाट कृषि र पशु सेवामा टेवा पुग्ने खालका कार्यक्रमहरु संचालन गरिने जनाइएको छ ।

नगरकार्यपालिकाको आर्थिक विकास समिति मार्फत नगरपालिकाको वडा नं २ भलुवाहीमा रहेको सामुहिक चक्लाबन्द खेती, दनुवार जातिको फार्मस्टे र सामुहिक गाईपालन एवं माछापालन लगायतका विविध परियोजनाको अध्ययन र विश्लेषण गरी सो आधारमा परियोजना व्यवस्थापन गर्दै लगिने, नीजि तथा सार्बजनिक साझेदारी मार्फत होमस्टे संचालनलाई स्थानीय सँस्कृतिक भेषभुषा, मौलिकता, परम्परागत पेशा, अर्ग्यानिक तथा घरेलु उत्पादनसँग आवद्ध गर्दै ग्रामीण पर्यटनलाई प्रवर्द्धन गरिने, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको सह लगानिमा रु ७ करोडको परियोजना ठेक्का स्वीकृत भई निर्माणको चरणमा रहेको मधुगंगा महादेव स्थललाई धार्मिक, साँस्कृतिक र पर्यटकीय तीर्थस्थलको रुपमा विकास गरिने बताइएको छ ।

संघीय सरकारको सहकार्यमा यस पालिकाका १०६ घर सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरी सकिएको छ र अन्यको लगत संकलन गरी बाँकी सबै सुकुम्बासीलाई आर्थिक वर्ष २०७९/८० भित्र जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने साथै अव्यवस्थित जग्गा र वसोवासीहरुलाई पनि तीन वर्ष भित्र व्यवस्थित गरी भूमि सम्बन्धी समस्या समाधान गरिने बताइएको छ ।

नगरपालिकाका वडाहरुमा कार्यरत महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई मातृ शिशु सम्बन्धी क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप दिइदै आएको प्रोत्साहन भत्ता आर्थिक वर्ष २०७९/०८० मा पनि निरन्तरता दिइने, कुपोषित गर्भवती महिला तथा वालवालिकाहरुलाई कुपोषणबाट जोगाउन बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत पौष्टिक आहार व्यवस्थापनको लागि बजेटको व्यवस्था गरिने, सहिद परिवार र बेपत्ता भएका व्यक्तिका घर परिवारलाई राहत दिन सो परिवारले स्वास्थ्य बिमा गर्दा लाग्ने रकम नगरपालिकाबाट व्यहोर्ने व्यवस्था मिलाइने नगर प्रमुख अधिकारीले बताउनु भयो ।
वाल विवाहलाई निरुत्साहित गर्न र महिला शिक्षालाई प्रोत्साहन गर्न अविवाहित रुपमा स्नातक तह पुरा गरेका पालिका भित्रका दलित, बिपन्न तथा अति सिमान्तकृत समुदायका किशोरीलाई प्रोत्साहन स्वरुप रु ५ हजार प्रदान गरिने बताइएको छ ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ नगरपालिका क्षेत्र भित्र खेलकुद विकासको लागि बागमती प्रदेश सरकारबाट वडा नं ९ मा निर्माणाधीन खेलकुद रंगशाला समयमै सम्पन्न गर्न सहजीकरण गरिने, खेलकुद कार्यक्रमलाई थप प्रोत्साहन गर्नका लागि वडा नं ४ डकाहा र वडा नं १२ को जिनाखु सिउरेनीमा पनि खेलकुद रंगशाला निर्माण गर्न सम्बन्धित निकायमा पहल गरिने छ । साथै वडा स्तरमा रहेका खेल मैदान मर्मत कार्यलाई पनि निरन्तरता दिइने बताइएको छ ।

नगरपालिकाको प्रतिनिधित्व गरी नगरपालिका वाहिर खेल खेल्न जाने खेलाडीहरुलाई प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था मिलाइने, महिलालाई विकासको मूल प्रवाहीकरणमा समाबेश गर्न उपप्रमुख संरक्षक रहने गरी नगरस्तरीय महिला विकास समिति गठन गरी महिला सशक्तीकरणको लागि विभिन्न कार्यक्रमहरु संचालन गरिने बताइएको छ ।

त्यस्तै पूर्वाधार विकास तर्फको नीति तथा कार्यक्रम तर्फ मदन भण्डारी राजमार्गको खोरभंज्याङ्ग चोक देखि दुधौली बजार जोड्ने सडक कालोपत्रे गर्ने कार्यलाई समयमै निर्माण सम्पन्न गर्न आबस्यक सहजीकरण गरिने ,नगरकार्यपालिका भवनबाट पुष्ना स्मृति भवन जाने बाटोको पक्कीपुल सम्मको सडकलाई कालोपत्रे सडकमा स्तरोन्नती गरिने निति ल्याइउको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिकाको बजेट १ अर्ब ३४ करोड 

रेडियो सिन्धुलीगढी, १० असार २०७९, शुक्रबार/  कमलामाई नगरपालिकाले अगामी आर्थिक वर्षका लागि १ अर्व ३४ करोडको बजेट ल्याएको छ । आज बसेको ११ औँ नगरसभाको

radiosindhuligadhhi

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा सम्पन्न  

रेडियो सिन्धुलीगढी, १९ असोज २०७८, मंगलबार/ स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । स्वर्णिम

radiosindhuligadhhi

जिल्ला सहकारी संघ सिन्धुलीको २८ औं बार्षिक साधारण सभा सिन्धुलीमाढीमा सम्पन्न

रेडियो सिन्धुलीगढी, ०१ असोज २०७८, शुक्रबार/ जिल्ला सहकारी संघ सिन्धुलीको २८ औं बार्षिक साधारण सभा आज (शुक्रबार) सिन्धुलीमाढीमा सम्पन्न भएको छ । जिल्ला