जिल्ला सहकारी संघ सिन्धुलीको २८ औं बार्षिक साधारण सभा सिन्धुलीमाढीमा सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०१ असोज २०७८, शुक्रबार/ जिल्ला सहकारी संघ सिन्धुलीको २८ औं बार्षिक साधारण सभा आज (शुक्रबार) सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज केसिको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यता र नेपाल बचत तथा सहकारी संघ नेप्सुनका केन्द्रिय अध्यक्ष डि.बि बस्नेतको विशेष आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सहकारी संघको भावि योजना, रणनिति तथा कार्ययोजनाको बारेमा कार्यक्रमका अध्यक्ष तथा जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज के.सि ले जानकारी गराउनु भएको थियो ।

यस्तै, कार्यक्रममा जिल्ला सहकारी संघ सिन्धुलीको वार्षिक प्रतिवेदन जिल्ला सहकारी संघ सिन्धुलीका महासचिब नवराज कोईरालाले प्रस्तुत गर्नुभएको थियो । वार्षिक साधारण सभामा सहकारी संघको योजना कार्यान्वयन कसरी गर्ने, सहकारी संघ मर्ज अभियान, सहकारी संघको सुदृढिकरण लगाएतको बारेमा छलफल भएको जिल्ला सहकारी संघ सिन्धुलीका महासचिब नवराज कोईरालाले जानकारी दिनुभयो ।

जिल्ला सहकारी संघ सिन्धुलीको २८ औं बार्षिक साधारण सभामा जिल्लाका विषयगत सहकारी संघका अध्यक्षहरु, जुनार सहकारी संघ, दुग्ध सहकारी संघ, बचत तथा ऋण सहकारी संघ, राष्ट्रिय सहकारी बंैक शाखा कार्यलय सिन्धुलीका पदाधिकारी लगाएत २ सय ५३ जना सेयर सदस्यहरुको सहभातिा रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

दुधौली नगरफालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

रेडियो सिन्धुलीगढी, १० असार २०७९, शुत्रबारदुधौली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

radiosindhuligadhhi

कमलामाई नगरपालिकाको बजेट १ अर्ब ३४ करोड 

रेडियो सिन्धुलीगढी, १० असार २०७९, शुक्रबार/  कमलामाई नगरपालिकाले अगामी आर्थिक वर्षका लागि १ अर्व ३४ करोडको बजेट ल्याएको छ । आज बसेको ११ औँ नगरसभाको

radiosindhuligadhhi

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा सम्पन्न  

रेडियो सिन्धुलीगढी, १९ असोज २०७८, मंगलबार/ स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । स्वर्णिम