कमलामाईको सिटी हल संचालनमा आयो 

SITENAME

रेडियो सिन्धुलीगढी, २५ असोज २०८३, आईतबार ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ खम्बेचौर अगाडी निर्माण गरिएको सिटी हल आज आइतबारदेखि संचालनमा आएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले रिबन काटेर सिटी हलको उद्घाटन गरेसँगैे औपचारिक रुपमा संचालनमा आएको हो ।

नगर विकास कोष र कमलामाई नगरपालिकाको लागत साझेदारीमा निर्माण गरिएको सिटी हल लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन । २०७८ सालबाट निर्माण सुरु गरि २०८२ सालमा निर्माण सम्पन्न भए पनि सञ्चालन तथा व्यवस्थापनका लागि भाडामा लगाउने प्रक्रिया लम्बिँदा सिटी हल संचालनमा आएको थिएन ।

निर्माण सम्पन्न भएपछि भाडामा सञ्चालन गर्न नगरपालिकाले पटक पटक प्रस्ताव आह्वान गरे पनि उपयुक्त प्रस्ताव नपरेपछि सञ्चालनमा ढिलाइ भएको थियो । नगरपालिकाले सुरुमा मासिक सात लाख रुपैयाँभन्दा बढी न्यूनतम भाडादर कायम गरी ठेक्का आह्वान गरेको थियो । तर, उक्त दरमा प्रस्ताव नपरेपछि पाँचौँ पटकसम्म सूचना प्रकाशन गरेर भाडामा सञ्चालन गर्ने प्रयास गरिएको थियो ।

पाँचौ पटकको प्रस्ताव आव्हान पछि नगरपालिकाले ए.के. युनिभर्सल प्रा.लि.सँग सम्झौता गरेको थियोे ।  हाल भएको सम्झौताअनुसार ए.के. युनिभर्सल प्रा.लि.ले सिटी हल भाडामा लिएवापत नगरपालिकालाई मासिक चार लाख ५० हजार रुपैयाँ भाडा बुझाउनुपर्नेछ । यस सिटी हल भाडाको सम्झौता १० बर्षको रहने छ । 

नगर प्रमुख पोखरेलले निर्माण सम्पन्न भएको लामो समयपछि आवश्यक मापदण्ड पूरा गरी सिटी हल सञ्चालनमा ल्याउन सफल भएको बताउँनु भयो । उहाँले मुलुकमा लगानीमैत्री वातावरणको अभाव तथा सरकार परिवर्तनपछि व्यवसायीमा देखिएको त्रासका कारण भाडामा लगाउने प्रक्रिया अपेक्षाभन्दा लामो भएको उल्लेख गर्नुभयो । निर्माण सम्पन्न भएको करिब एक वर्षपछि सबै आवश्यक प्रक्रिया पूरा गरेर सिटी हल सञ्चालनमा ल्याइएको उहाँले भनाइ थियो ।

चार तलाको सिटी हलमा तीन तलामा सपिङ कम्प्लेक्स र एक तलामा सेमिनार हल रहेको छ । आधुनिक सुविधासहित निर्माण गरिएको भवनमा लिफ्टसमेत जडान गरिएका छन् । 
ए.के. युनिभर्सल प्रा.लि.का सञ्चालक आकाश श्रेष्ठका अनुसार सिटी हल उद्घाटन हुँदासम्म २० वटा सटरमा व्यवसाय सञ्चालन गर्न सम्झौता भइसकेको छ । बाँकी सटरहरू पनि केही समयभित्र भाडामा लगाइसक्ने लक्ष्य रहेको उहाँले बताउँनु भयो । 

उहाँले सिटी हल भन्नेबित्तिकै महँगा सामान मात्रै पाइन्छन् भन्ने धारणा गलत रहेको उल्लेख गर्दै यहाँ सर्वसाधारणले सहज रूपमा खरिद गर्न सक्ने सरल र सुलभ मूल्यका सामान उपलब्ध रहेको बताउँनु भयो । 

उहाँले आफ्नो व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीलाई सटर बुकिङका लागि अनुरोध गर्नुभयो । उहाँका अनुसार सिटी हलमा ग्रोसरी, कस्मेटिक, इलेक्ट्रिक, फेन्सी आइटम, सैलुनलगायत विभिन्न प्रकारका सामान तथा सेवा एकै ठाउँमा उपलब्ध गराउने तयारी गरिएको छ । सबै प्रकारका आवश्यक सामग्री एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले सिटी हललाई ‘अल इन वान’ का रुपमा ब्रान्डिङ गर्ने योजना रहेको पनि सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।

सिटी हल निर्माणका लागि नगर विकास कोषले ७० प्रतिशत रकम ऋण सहयोग उपलब्ध गराएको थियो भने कमलामाई नगरपालिकाले ३० प्रतिशत रकम लगानी गरेको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न 

रेडियो सिन्धुलीगढी, २४ असोज २०८३, शनिबार । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण सभा शनिबार सिन्धुलीमाढीमा सम्पन्न

SITENAME

भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागी हरिहरपुरगढी गाउँपालिकाको २५ लाख १६ हजार बढी आर्थिक सहयोग 

रेडियो सिन्धुलीगढी, २३ असोज २०८३, शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा २५ लाख १६ हजार २ सय

SITENAME

चकमकेमा चाडपर्वलक्षित बजार अनुगमन

रेडियो सिन्धुलीगढी, २३ असोज २०८३, शुक्रबार । मुख्य चाडपर्वहरू नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, मूल्यवृद्धि र अखाद्य वस्तुको

↑