चकमकेमा चाडपर्वलक्षित बजार अनुगमन

SITENAME

रेडियो सिन्धुलीगढी, २३ असोज २०८३, शुक्रबार ।

मुख्य चाडपर्वहरू नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, मूल्यवृद्धि र अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न सिन्धुलीका बजार क्षेत्रहरुको तीव्र अनुगमन भईरहेको छ । चाडपर्वलक्षित बजार अनुगमन अन्तर्गत हिजो बिहिबार तीनपाटन गाउँपालिकाको चकमके बजार क्षेत्रमा रहेका खाद्य बजार तथा मासु पसल लगायतको अनुगमन गरिएको छ ।

गाउँपालिका, जिल्ला प्रशासन कार्यालय सिन्धुली, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली सहितको संयुक्त टोलीले चकमके क्षेत्रमा  सञ्चालित व्यापार व्यवसायको अनुगमन गरेको हो ।

म्याद गुज्रिएका लगभग १७ हजार ८ सय बराबरका खाद्य सामाग्री नष्ट गरिएको छ भने यस्ता सामान भेटिएका विभिन्न पसललाई जरिवाना समेत तोकिएको थियो । टोलीले खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्न सबै व्यवसायीहरुलाई सचेत समेत गराएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागी हरिहरपुरगढी गाउँपालिकाको २५ लाख १६ हजार बढी आर्थिक सहयोग 

रेडियो सिन्धुलीगढी, २३ असोज २०८३, शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा २५ लाख १६ हजार २ सय

SITENAME

नेपाली सेनाद्धारा रेडियो सिन्धुलीगढी सम्मानित 

रेडियो सिन्धुलीगढी, २३ असोज २०८३, शुक्रबार । नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालय जङ्गी अड्डा भद्रकालीले रेडियो सिन्धुलीगढी एफ.एम ९२

SITENAME

३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : कमलामाईका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान

रेडियो सिन्धुलीगढी, १६ असोज २०८३, शुक्रबार । ३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कमलामाई नगरपालिकाका ज्येष्ठ नागरिकहरूलाई सम्मान

↑