औषधीको गुणस्तर अनुगमन गर्न तीनपाटन गाउँपालिकाले सर्वदलीय/सर्वपक्षीय समिति गठन गर्ने

रेडियो सिन्धुलीगढी, ०६ असोज २०८३, मंगलबार ।
औषधीको गुणस्तर सम्बन्धमा सामाजिक सञ्जालमा आइरहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सिन्धुलीको तीनपाटन गाउँपालिकाले पालिकाभरको स्वास्थ्य संस्थाहरुको औषधीको माग, आपुर्ति एंव गुणस्तरको अनुगमन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न सर्वदलीय/सर्वपक्षीय समिति गठन गर्ने निर्णय गरेको छ ।
हिजो बसेको गाउँपालिकाको बैठकले जनगुनासो तथा पालिकास्थित सबै राजनीतिक दलको चासोलाई मनन गर्दै यस बिषयमा यथार्थ तथ्य पत्ता लगाउन सर्वदलीय/सर्वपक्षीय समिति गठन गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार समितिको संयोजकमा गाउँपालिकाका उपाध्यक्ष रहनेछन् । समितिमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका एक/एक जना प्रतिनिधि तथा सम्बन्धित वडाका वडा अध्यक्ष सदस्य रहनेछन् । जनस्वास्थ्य शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ भने जनस्वास्थ्य कार्यालय, सिन्धुलीका अधिकृत प्रतिनिधिलाई समितिको सदस्यका रूपमा आमन्त्रण गरिनेछ ।
साथै, केहि कर्मचारीहरुले बागमती प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०७९ को परिच्छेद ११ मा उल्लेख भए बमोजिम पदीय आचरण विपरीत कार्य गरेको पाईएकाले विभागीय कारबाहिको प्रक्रिया अघि बढाउँन प्रमुख प्रशासकिय अधिकृतलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, पालिका मातहतका स्वास्थ्यकर्मी कर्मचारीहरुबाट रातको समयमा एंव सार्वजनिक बिदाको दिन डियुटी गरे बापतको भत्ता उपलब्ध गराउँन माग भएकाले प्रचलित कानुन बमोजिम भत्ता उपलब्ध गराईने निर्णय समेत गरिएको गाउँपालिकाले हिजो एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

भारी वर्षाको पुर्वानुमानपछि सिन्धुलीको आठ पालिकाका विद्यालय बिदा
रेडियो सिन्धुलीगढी, ०८ असोज २०८३, बिहिबार । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन

हायूगाउँको ऐतिहासिक तथा सांस्कृतिक म्यापिङ सम्पन्न, ‘फोर्ट स्टेज राइड’ को तयारी तीव्र
रेडियो सिन्धुलीगढी, ०८ असोज २०८३, बिहिबार । आगामी डिसेम्बर २०२६ मा आयोजना गर्न लागिएको ३९०.५ किमी लामो ’फोर्ट स्टेज राइड’ साइकलिङ उत्सव तथा न्यून

नेपाली कांग्रेस कमलामाई नगरपालिकाको सभापतिमा समुन्द्र श्रेष्ठ चयन
रेडियो सिन्धुलीगढी, ०७ असोज २०८३, बुधबार । नेपाली कांग्रेस कमलामाई नगरपालिका सिन्धुलीको ९ औं अधिवेशनबाट सभापतिमा समुन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।






प्रतिकृया दिनुहोस