जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, बाढीमा बेपत्ताभएकाहरुको उद्धारमा जुट्न आग्रह

सिन्धुली, १२ भदौ २०८३, शुक्रबार ।
रसुवाको भोटेकोशी, त्रिशुली हुँदै नारायणी नदी तटीय क्षेत्रमा आएको विध्वंसकारी बाढीले पु¥याएको आर्थिक, भौतिक तथा मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सिन्धुली जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णय गरेको छ । आज (शुक्रबार) प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यतामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो ।
बैठकले बाढीमा परि ज्यान गुमाएको व्यक्तिहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गरेको छ । घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन भएकाहरुको उद्धारको लागि सबैले आ–आफ्नो स्थानबाट सक्रियताका साथ पहल गर्न आग्रह गरिएको छ ।
साथै गलत, भ्रामक र अपुष्ट समाचार सम्प्रेषण नगर्न तथा यथार्थपरक र आधिकारिक सूचना प्रसारण गरी राहत सङ्कलन तथा वितरण कार्य नेपाल सरकारको आधिकारिक सूचना अनुसार गर्न भनिएको छ ।
जिल्लाबाट बाढीपश्चात हराएका व्यक्तिहरुको सहि विवरण पालिकाहरुबाट अद्यावधिक गरी जिल्ला प्रशासन कार्यालयमा पठाउने र आधिकारिक सूचना÷तथ्याङ्कलाई अध्यावधिक गर्दै जाने बैठकको निर्णय छ ।
विपद् व्यवस्थापन कार्यको लागि आर्थिक सहायता उपलब्ध गराउन चाहने इच्छुक जिल्लबासीहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको आधिकारीक खाताहरुमा मात्र रकम जम्मा गर्न गराउन आग्रह गरिएको छ ।
साथै, यस जिल्लाबाट विपद् प्रभावित क्षेत्रका लागि बस्तुगत सहायता उपलब्ध गराउँदा अनिवार्य रुपमा जिल्ला विपद् व्यवस्थापन समिती वा जिल्ला प्रशासन कार्यालयको स्वीकृती लिएर मात्र गर्ने भनिएको छ ।
यस्तै, राहत संकलन र वितरणका नाममा हुने गलत क्रियाकलाप, ठगी लगायतका अवाञ्छित गतिविधि कहिँ कतैबाट हुन नदिनका लागी जिल्लास्थित क्रियाशिल राजनीतिक दल, स्थानीय तह, सरकारी कार्यालय, विभिन्न संघ÷संस्था, नागरिक समाज पत्रकार तथा आम सर्वसाधारण सबैको सहकार्य आवश्यक रहेको बैठकको निर्णयमा उल्लेख गरिएको छ । यस्ता गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने छ ।
जिल्लाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको रकम सही ठाउँमा पुग्ने हो वा होईन भन्ने स्थानीय तहहरुको आशंका रहेको बताउँदै प्रजिअ श्रेष्ठले कोषमा जम्मा भएको रकमको सही सदुपयोग हुने र सरकारसंग विश्वास गर्नपनि आग्रह गनुभयो ।
उहाँले जिल्लाबाट बाढी प्रभावित क्षेत्रमा भौतिकबस्तुहरु पठाउँ हत्तार नगर्न, पठाउँन सकिने बस्तुहरुको सुची र परिणाम तयारी अवस्थामा राख्न जिल्लाका संघसस्थाहरुलाई अनुरोध गर्नुभयो । ती बस्तुहरु आवश्यकताका आधारमा पठाईने उहाँको भनाई छ ।
बैठकका स्थानीय तह, राजनितिक दल, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो ।

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारीको १८ औँ वार्षिक साधारण सभा सम्पन्न
रेडियो सिन्धुलीगढी, १३ भदौ २०८३, शनिबार । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका

रसुवा बाढीपीडितका लागि सिन्धुलीका दुई विद्यालयद्वारा सहयोग
सिन्धुली, ११ भदौ २०८३, बिहिबार । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सिन्धुलीका दुई विद्यालयले

रसुवा बाढीपीडितका लागि सिन्धुलीका दुई विद्यालयद्वारा सहयोग
सिन्धुली, ११ भदौ २०८३, बिहिबार । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सिन्धुलीका दुई विद्यालयले






प्रतिकृया दिनुहोस