रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सिन्धुलीका ३८ जना सम्पर्कविहीन

SITENAME

रेडियो सिन्धुलीगढी, ११ भदौ २०८३, बिहिबार ।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा कार्यरत सिन्धुलीका ३८ जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट प्राप्त विवरणअनुसार बुधबार बिहान आएको बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट प्राप्त सुचना अनुसार त्रिशुली जलविद्युत आयोजनामा कार्यरत सिन्धुलीको कमलामाई नगरपालिका १ का राजेन्द्र ढकाल, अपर त्रिशुली थ्रिएमा कार्यरत दुधौली नगरपालिका १ गिजिहानिका हरि भन्ने दिर्घ बहादुर कार्की, सोहि ठाउँमा कार्यरत दुधौली नगरपालिका ४ का कुमार भन्ने मोहन विक्रम थापा सम्पर्कविहीन छन् ।

साथै, त्रिशुली हाइड्रो पावर रसुवामा कार्यरत कमलामाई नगरपालिका ३ का हेम प्रसाद गौतम, टिमुरे धताल ग्रुप कम्पनी विलिङ रसुवामा कार्यरत फिक्कल गाउँपालिका २ बस्ने दिनेश भनिने खिलनाथ आछामी पनि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।

यस्तै, कमलामाई नगरपालिका ११ को मात्र १३ जना सम्पर्कविहिन भएका छन् ।  रसुवाको टिम्बुरे बजार क्षेत्रमा बाटो निमार्ण गर्ने लक्ष्मण सापकोटा, राज कुमार श्रेष्ठ, बुद्धि विक्रम थापा, बल बहादुर माझी, भक्त बहादुर माझी, सोम बहादुर माझी, भरत माझी, शंकर खत्री, टंक बहादुर श्रेष्ठ, विष्णु बहादुर श्रेष्ठ र प्रेम बहादुर घलान सम्पर्कविहिन भएका हन् । साथै कनपा ११ का सुनिल माझी र राजन रसाईली पनि परिवारको सम्पर्कमा नआएको जनाइएको छ ।

प्रशासनद्धारा प्राप्त जानकारी अनुसार रसुवागढी हाइड्रो पावरमा कार्यरत कनपा ६ का खगेन्द्र मग्राती, तीनपाटन गाउँपालिका ९ बतासेका नैन बहादुर मसङ्ग्रा मगर सम्पर्कविहीन छन्।

चाइनिज बोडर हाईड्रोपावरमा कार्यरत कनपा ९ बथानचौडीका केबुल बहादुर थापा, दुधौली नगरपालिका १३ जलकीनेका फलाम सिंह सुनुवार, रसुवाको स्यापुरुबेसिमा घर बनाउँने काम गर्न गएका दुधौली नगरपालिका २ हत्पतेडाडाका लाल बहादुर पुलामि मगर, तिमुरे हाईड्रो पावर मा अपरेटका रुपमा कार्यरत घ्याङ्लेख गाउँपालिकाका बिपिन कुमार गोले पनि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।

साथै, सवारी चालक हरिहरपुरगढी गाउँपालिका ८ का फुरस्याङ स्याङ्तान, काठमाडौदेखि रसुवा ट्रक चलाउँने मरिण गाउँपालिका ३ बरुणका संचमान मुक्तान, रामे जिम्बा, रसुवाको घट्टेखोला कैलाश होटलमा काम गर्ने सुनकोसी गाउँपालिका २ बस्ने अमद यादी मगर, प्रबिन बुर्जा मगर, सुमन बुर्जा मगर, सबिन बुर्जा मगर पनि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।

यस्तै, काठमाडौबाट गोसाईकुण्ड नेपाली धार्मिक भ्रमण लिएर गएका गोलन्जोर गाउँपालिका १ का जीत बहादुर पहरी, पर्यटक लिन रसुवा पुगेका सुनकोसी गाउँपालिका ७ का नेत्र बहादुर स्याङ्वा, नेपाली सेनाको जमदान सेरगण नुवाकोटमा कार्यरत कनपा ९ का पाण्डब भण्डारी, रसुवामा घरमा काम गर्न गएका तीनपाटन गाउँपालिका १ का बृद्धि बहादुर थापा मगर, सेरगण दरबन्दी मैलुङमा कार्यरत नेपाली सेना कनपा ९ का दिपेन्द्र न्योपाने सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।

प्रशासनले बाढी प्रभावित क्षेत्रमा रहेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारीको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

रेडियो सिन्धुलीगढी, १३ भदौ २०८३, शनिबार । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका

SITENAME

जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, बाढीमा बेपत्ताभएकाहरुको उद्धारमा जुट्न आग्रह

सिन्धुली, १२ भदौ २०८३, शुक्रबार । रसुवाको भोटेकोशी, त्रिशुली हुँदै नारायणी नदी तटीय क्षेत्रमा आएको विध्वंसकारी बाढीले पु¥याएको आर्थिक, भौतिक तथा

SITENAME

रसुवा बाढीपीडितका लागि सिन्धुलीका दुई विद्यालयद्वारा सहयोग

सिन्धुली, ११ भदौ २०८३, बिहिबार । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सिन्धुलीका दुई विद्यालयले