कृषि विकास कार्यालयको गत आवका कार्यक्रमहरुको समिक्षा तथा चालु आवका कार्यक्रमहरुको सार्वजनिकरण गोष्ठी सम्पन्न

रेडियो सिन्धुलीगढी, १० भदौ २०८३, बुधबार ।
कृषि विकास कार्यालय सिन्धुलीबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न कार्यक्रमहरूको समीक्षा तथा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत कार्यक्रमहरूको सार्वजनिकरण गोष्ठी बुधबार सम्पन्न भएको छ । कार्यालय प्रमुख अनुप अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख अधिकारीले आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयबाट सञ्चालन गरिएका विभिन्न कार्यक्रम, तिनबाट प्राप्त उपलब्धि, चुनौती तथा समस्याका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले चालु आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने स्वीकृत कार्यक्रमहरूबारे समेत जानकारी गराउनुभयो ।
गोष्ठीमा गत आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रमबाट प्राप्त लाभ तथा देखिएका समस्याका विषयमा कृषकहरूले आफ्ना धारणा र गुनासा राखेका थिए । कृषकहरूले आफूले उत्पादन गरेका तरकारी तथा कृषि उपजको बजारीकरणका लागि सम्बन्धित स्थानीय तहले सहयोग गर्नुपर्ने माग गरेका थिए । साथै, कृषकलाई तालिम प्रदान गरेर मात्र अनुदान उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने सुझावसमेत दिएका थिए ।
कृषकहरूले राखेका गुनासा तथा सुझावको सम्बोधन गर्दै कार्यालय प्रमुख अधिकारीले कृषकका समस्या र सुझावलाई मनन गर्दै चालु आर्थिक वर्षका कार्यक्रमहरू कृषक लक्षित बनाइएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्की, सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल, तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगर, घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलन, उपाध्यक्ष शंकरमान घलान, विभिन्न वडाका अध्यक्ष, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारीको १८ औँ वार्षिक साधारण सभा सम्पन्न
रेडियो सिन्धुलीगढी, १३ भदौ २०८३, शनिबार । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका

जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, बाढीमा बेपत्ताभएकाहरुको उद्धारमा जुट्न आग्रह
सिन्धुली, १२ भदौ २०८३, शुक्रबार । रसुवाको भोटेकोशी, त्रिशुली हुँदै नारायणी नदी तटीय क्षेत्रमा आएको विध्वंसकारी बाढीले पु¥याएको आर्थिक, भौतिक तथा

रसुवा बाढीपीडितका लागि सिन्धुलीका दुई विद्यालयद्वारा सहयोग
सिन्धुली, ११ भदौ २०८३, बिहिबार । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सिन्धुलीका दुई विद्यालयले






प्रतिकृया दिनुहोस