स्तनपान सम्बन्धी सरोकारवाला निकायहरुसँग एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

सिन्धुली । आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु विक्रि वितरण नियन्त्रण ऐन २०४९ र स्तनपान सम्बन्धी सरोकारवाला निकायहरुसँग एक दिवसीय अभिमुखिकरण कार्यक्रम र सुत्केरी आमाहरुको लागि मातृशिशु शुुरक्षार्थ दुग्धवर्धक जडिबुटि औषधि वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
सिन्धुली अस्पतालको सभाहलमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा प्रशुतिवार्डमा कार्यरत स्वास्थ्यकर्मीहरु सहभागी थिए ।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण जनश्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले गर्नुभएको थियो । त्यसैगरी आयुर्वेद तथा वैकल्पीक चिकित्सालय की डा. समिक्षा कुमारी काफ्लेले दुग्धवर्धक जडिबुटि औषधिहरु र त्यसका प्रयोगका बारेमा पनि अभिमुखिकरण गर्नुभएको थियो ।
आयुर्वेद तथा वैकल्पीक चिकित्सालयको आयोजनामा भएको कार्यक्रममा सिन्धुली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुशान्त खड्का, जनस्वास्थ्य अधिकृत विमल पटेल, डाक्टर सरोज यादव लगाएतले प्रशुति वार्डमा सुत्केरी आमाहरुलाई दुग्धवर्धक औषधि वितरण गर्नुभएको थियो ।
.jpeg)
बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने, तीन देशका विज्ञ एकै मञ्चमा
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने

सिन्धुली पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा
रेडियो सिन्धुलीगढी, १५ असार २०८३, सोमबार । सिन्धुली जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । ५ बर्षमुनिका सबै
..jpeg)
पूर्वी नेपालमा पहिलो पटक : बिराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस उपचार सुरु
विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमा पहिलो पटक दुई नयाँ र उन्नत उपचार पद्धति हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सुरु




प्रतिकृया दिनुहोस