सिन्धुलीको भिमानबाट लागू औषध सहित २ जना पक्राउ

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०५ जेठ २०८२, सोमवार ।

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टबाट प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रदेश ३–०२–०१३ प ३८६३ नम्बरको मोटसाईकल चालक काठमाण्डौ महानगरपालिका ३० बस्ने ३३ बर्षीय एन्जल ओली र मोटसाईकल पछाडी सवार नुवाकोट ककनी गाउँपालिका ५ घर भई काठमाण्डौ महानगरपालिका ३१ शान्तीनगर बस्ने २९ बर्षीय शुसिल लामा रहेका छन् । 

 इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरिक्षकको कमाण्डमा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबास र  ट्राफिक सहित ९ जनाको संयुक्त प्रहरी चेकिङ टोलीले अस्ति शनिवार जनकपुरबाट काठमान्डौतर्फ हिडेका उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मोटसाईकलको पछाड सवार लामाले बोकेको कालो रङ्गको झोलाबाट १९ ग्राम ११० मिलिग्राम लागुऔषध खैरो हिरोइन फेला पारेको थियो ।

दुवैलाई लागु औषध खैरो हिरोईन सहित नियन्त्रणमा लिई जिल्ला अदालत सिन्धुलीबाट ५  दिनको म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

दुधौली ९ खोरभञ्याङमा मोटरसाईकल र अटो आपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाईते 

रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ९ खोरभञ्याङमा मोटरसाईकल र अटो एकआपसमा ठक्कर खाई

radiosindhuligadhhi

दुधौली नगरपालिका ६ हर्षाहीलाई आगामी माघ महिना भित्र बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने लक्ष्य 

रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार ।  दुधौली नगरपालिकाले वडा नं ६ हर्षाहीलाई आउँदो माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने

radiosindhuligadhhi

पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।