नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको ५४ औ बार्षिक साधारण सभा सम्पन्न

रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिवार ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको ५४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्लाका सभापति अशोक श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम आज शनिवार सम्पन्न भएको हो ।
कार्यक्रममा गएको असोजमा आएको वाढी तथा अन्य समयमा जिल्लाभर भएको विपद्को घटनामा उत्कृष्ट कार्य गर्ने रेडक्रस उपशाखा तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।
वाढीको समयमा उद्धार, राहत तथा अन्य समन्वयात्मक काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली, सुनकोसी गाउँपालिका, गोलन्जोर गाउँपालिका र रेडक्रसका १० वटा उपशाखाहरुलाई पनि सम्मान गरिएको थियो ।
साथै, निशुल्क ब्लड बैंक स्थापनाको लागी प्रभावकारी काम गरेको, निशुल्क आँखा शिविर, रक्तदान कार्यक्रम, विपद व्यवस्थापन लगायत रेडक्रसका नियमित गतिविधिमा उत्कृष्ट काम गरेको भन्दै रेडक्रसका उपशाखाहरुलाई पनि सम्मान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुली ५४ औँ बर्षमा प्रवेश गर्दासम्म हाल सम्म रेडक्रसका ७ हजार १ सय ३५ सदस्य रहेको सभापती श्रेष्ठले बताउँनु भयो ।
कार्यक्रममा आर्थिक बर्षको प्रगती प्रतिवेदन संस्थाका मन्त्री लाल बहादुर कार्कीले र बार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुरुषोतम प्रसाद अधिकारीले प्रस्तुत गर्नुृभएको थियो।

दुधौली ९ खोरभञ्याङमा मोटरसाईकल र अटो आपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाईते
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ९ खोरभञ्याङमा मोटरसाईकल र अटो एकआपसमा ठक्कर खाई

दुधौली नगरपालिका ६ हर्षाहीलाई आगामी माघ महिना भित्र बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने लक्ष्य
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । दुधौली नगरपालिकाले वडा नं ६ हर्षाहीलाई आउँदो माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने

पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस