मरिण ६ का २४ जना किशोरी किशोरीहरुले यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श लिए

रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिवार ।
सिन्धुलीको मरिण गाउँपालिका ६ का २४ जना किशोरी किशोरीहरुले यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श लिएका छन् । आज सोमवार वडा नम्बर ६ को प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य शिविरबाट पहुच बाहिर रहेका २४ जना किशोरी किशोरीलाई परामर्श लिएका हुन् ।
मरिण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखेका अनुसार एकीकृत घुम्ती स्वास्थ्य शिविरबाट १ सय ३६ जना महिला र ५ जना पुरुष गरि जम्मा १ सय ४१ जनाले सेवा लिएका छन् । शिविरमा ८२ जना महिलाको भिआईए परिक्षण गरिएकोमा ८ जना संकास्पद भेटिएको छ भने १ सय ५ जना सेवाग्राहीहरुलाई औषधी प्रदान गरिएको छ ।
शिविरमा २ जना महिलाहरुको पाठेघरमा रिङ पेसरी राखिएको छ भने शिविरमा परिक्षण गराएका ८ जना महिलाहरुको पाठेघर खसेको पाईएको स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिए ।
मरिण गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा प्लान इन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीको साझेदारीमा जि.एस.एस. परियोजना अन्तर्गत मरिणको वडा नम्बर १, २, ३, ४, ५ र ६ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर सम्पन्न भईसकेको छ ।

दुधौली ९ खोरभञ्याङमा मोटरसाईकल र अटो आपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाईते
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ९ खोरभञ्याङमा मोटरसाईकल र अटो एकआपसमा ठक्कर खाई

दुधौली नगरपालिका ६ हर्षाहीलाई आगामी माघ महिना भित्र बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने लक्ष्य
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । दुधौली नगरपालिकाले वडा नं ६ हर्षाहीलाई आउँदो माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने

पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस