युवाहरुको लागी मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

रेडियो सिन्धुलीगढी, ३० वैशाख २०८२, मंगलवार ।
युवाहरुको लागी मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । जि.एस.एस परियोजना अन्तर्गत मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा आजबाट सुरु भएको तालिम आउँदो शनिवार (जेठ ३ गते) सम्म संचालन हुने छ ।
ह्याण्ड्स नेपाल सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेश्नल नेपालको सहयोगमा आज बाट सुरु भएको तालिममा कमलामाई र दुधौली नगरपालिका, मरिण, तीनपाटन, दुधौली, सुनकोसी र गोलन्जोर गाउँपालिकाका विभिन्न क्लबमा आबद्ध २० जना किशोर किशोरीहरुको सहभागीता रहेको छ ।
बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि.पि.ओ)मा आबद्ध साईकोलोजिष्ट प्रेमनाथ भट्टराई र प्रशिक्षक अम्बिका बलामीले तालिमको प्रशिक्षण गर्नुहुने छ ।
किशोरकिशोरी र युवाहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगमा उनीहरूको ज्ञान र व्यावहारिक सीपहरू बढाएर उनीहरूको क्षमता निर्माण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको जि.एस.एस परियोजनाका कार्यक्रम अधिकृत नवराज श्रेष्ठले जानकारी दिनु भयो ।
यसले उनीहरूलाई साथीहरूलाई सहयोग गर्न, समुदायमा आधारित मनोसामाजिक पहलहरूको नेतृत्व गर्न, सक्रिय, अनुभवमा आधारित गतिविधिहरू र मानसिक कल्याणमा खुला संवाद मार्फत साथीहरूको सिकाइमा संलग्न हुन सशक्त बनाउँछ ।
तालिम पश्चात किशोर किशोरीहरुले तालिममा सिकेका, जानेका कुराहरुलाई आफुजस्तै अन्य साथीहरु । समुदायका अन्य नागरिकलाई सिकाउँन र स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा संचालन गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने छन् ।
सरकारी तथा गैरसरकारी संस्थाहरुले यस्ता कार्यक्रम प्राथमिकताका साथ संचालन गर्न सकेमा मानसिक स्वास्थ्य सेवाको पहुँच आम समुदायमा दिर्घकालिन रुपमा विस्तार हुने प्रशिक्षकहरुले बताएका छन् ।

दुधौली ९ खोरभञ्याङमा मोटरसाईकल र अटो आपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाईते
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ९ खोरभञ्याङमा मोटरसाईकल र अटो एकआपसमा ठक्कर खाई

दुधौली नगरपालिका ६ हर्षाहीलाई आगामी माघ महिना भित्र बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने लक्ष्य
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । दुधौली नगरपालिकाले वडा नं ६ हर्षाहीलाई आउँदो माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने

पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस