सिन्धुलीमा ६९ जना मोतिबिन्दु बिरामीहरुको निःशुल्क आँखा अपरेसन
रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार ।
सिन्धुलीमा मोतिबिन्दु भएका बिरामीहरुको निःशुल्क आँखा अपरेसन शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा शल्यक्रिया केन्द्र सिन्धुलीको आयोजना एवम् रुत फाउण्डेशन र जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा भएको शिविर हिजो शनिबार सम्पन्न भएको हो । अस्ति शुक्रबार र हिजो शनिबार गरि २ दिन सम्म संचालन भएको शिविरमा ६९ जना आँखाका बिरामीहरुको निःशुल्क आँखा अपरेशन गरिएको थियो । जानकी आँखा अस्पताल जनकपुरका आँखा रोग विशेषज्ञ डा.आशिष बोहराको नेतृत्वको टोलिले बिरामीहरुको निशुल्क शल्यक्रिया गरेको थियो ।
प्रारम्भिक बालविकास सम्बन्धी अभिभावक शिक्षा तालिम सिन्धुलीमाढीमा सम्पन्न
रेडियो सिन्धुलीगढी, ०७ मंसिर २०८१, शुक्रबार । प्रारम्भिक बालविकास सम्बन्धी अभिभावक शिक्षा तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्लान इन्टनरनेशन
सिन्धुलीको सुनकोसी गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना
रेडियो सिन्धुलीगढी, ०३ मंसिर २०८१, सोमबार। सिन्धुलीको सुनकोसी गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । गाँउपालिकाको आर्थिक सहयोग,
दुई दिने विशेषज्ञ डाक्टर सहितको निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ मा रहेको कौशिका मा.वि. ग्वालटारमा संचालन भएको दुई दिने विशेषज्ञ डाक्टर सहितको निःशुल्क बृहत
प्रतिकृया दिनुहोस