प्रारम्भिक बालविकास सम्बन्धी अभिभावक शिक्षा तालिम सिन्धुलीमाढीमा सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०७ मंसिर २०८१, शुक्रबार ।

प्रारम्भिक बालविकास सम्बन्धी अभिभावक शिक्षा तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्लान इन्टनरनेशन नेपालको साझेदारीमा मानव तथा राष्ट्रिय विकास समाज र जनजाती समाज विकास कार्यक्रमको आयोजनामा गल्स स्टेण्डिङ स्ट्रोङ परियोजना अन्तर्गत संचालन भएको तालिम हिजो बिहिबार सिन्धुलीमाढीमा सम्पन्न भएको हो ।

गर्भावस्थादेखि आठ वर्षसम्मको उमेर बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, सामाजिक, संवेगात्मक र साँस्कृतिक पक्षको विकास गरी अन्तर निहित प्रतिभा प्रस्फुटन गराउने दृष्टिले अत्यन्तै महत्वपूर्ण अवस्था हो । यसै अवस्थामा बालबालिकाको मस्तिष्क निर्माण र बौद्घिक विकास तीव्र गतीमा हुने भएकोले यो अवस्था मानव विकासको जग निर्माण हुने अत्यन्त संवेदनशील र महत्वपूर्ण अवस्था हो ।

प्रारम्भिक बालविकास अभिभावक शिक्षा सम्बन्धि स्वास्थ्यकर्मीहरुलाई जानकारी दिई समुदाय स्तरमा अभिभावक शिक्षा कार्यक्रम संचालन गर्न सहयोग गर्ने उदेश्यले तालिम संचालन गरिएको आयोजनकले जनाएको छ ।  

तालिममा सहभागीहरुले प्रारम्भिक बाल विकास र अभिभावक शिक्षा कार्यक्रम संचालन प्रक्रिया बारे छलफल गरी समुदायका अभिभावकहरुलाई जानकारी गराउन सक्ने भएका छन् । यस तालिम पश्चात सहभागीहरुले सम्बन्धित स्वास्थ्य संस्थाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रारम्भिक बाल विकास बारे अनुक्रमिक तालिम संचालन गर्ने छन र अभिभावक शिक्षा समुह बैठकको अनुगमन गरी अभिभावहरुलाई बालबालीकाको उचित स्याहार बारे छलफल गराउन समेत सहयोग गर्नेछन् । 

अघिल्लो वर्षहरुमा कमलामाई नगरपालिका, मरिण गाउँपालिका र दुधौली नगरपालिकामा प्रारम्भिक बाल विकास अभिभावक शिक्षा कार्यक्रम संचालन भई सकेको र कार्यक्रमले अभिभावकहरुमा सकारात्मक परिवर्तन ल्याउनुका साथै स्वास्थ्य कार्यक्रमका सुचकहरु पुरा गर्न थप सहयोग पुगेकोले यस वर्ष देखी अन्य पालिका र वडाहरुमा कार्यक्रम थप गरिएको हो । 

गत सोमबार देखी सुरु भएको ४ दिने तालिलमा कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका र गोलन्जोर गाँउपालिकाका गरी १८ जना स्वास्थ्य कर्मचारीहरुको सहभागीता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा संचालन भएको आँखा शिविरमा ५ सय वढीले लिए सेवा  

  रेडियो सिन्धुलीगढी, २० मंसिर २०८१, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा संचालन भएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । कारितास

radiosindhuligadhhi

सिन्धुलीमा ६९ जना मोतिबिन्दु बिरामीहरुको निःशुल्क आँखा अपरेसन 

रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । सिन्धुलीमा मोतिबिन्दु भएका बिरामीहरुको निःशुल्क आँखा अपरेसन शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस

radiosindhuligadhhi

सिन्धुलीको सुनकोसी गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना 

रेडियो सिन्धुलीगढी, ०३ मंसिर २०८१, सोमबार। सिन्धुलीको सुनकोसी गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । गाँउपालिकाको आर्थिक सहयोग,