सिन्धुलीमा कारको ठक्करबाट पैदलयात्री गम्भीर घाईते, घाईतेलाई हेलिकप्टरमार्फत काठमाडौ लगियो 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १३ मंसिर २०८१, बिहिबार ।

सिन्धुलीमा कारको ठक्करबाट गम्भीर घाईते भएका पैदल यात्री लाई थप उपचारका लागी काठमाडौ लगिएको छ । आज बिहान ११ बजे बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ८, सिस्नेरीमा सुनसरीबाट काठमाडौँ तर्फ आउँदै गरेको बीएमजी ३१४९ नम्बरको कारले ठक्कर दिदाँ पैदल यात्री रमेश कार्की घाईते भएका थिए । 

घाईते कार्कीलाई सिन्धुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी हेलिकप्टरमार्फत काठमाण्डौंको ग्राण्डी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भई कार सडक तल खस्दाँ कार चालक सुनसरी जिल्ला दुहबी नगरपालिका ५ का ६१ वर्षीय ओमराज गिरी पनि घाइते भएका थिए । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

तीनपाटन गाउँपालिकामा नि:शुल्क दन्त शिविर संचालन हुने

रेडियो सिन्धुलीगढी, १८ मंसिर २०८१, मंगलबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविर संचालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा समाज

radiosindhuligadhhi

सिन्धुलीमा ६९ जना मोतिबिन्दु बिरामीहरुको निःशुल्क आँखा अपरेसन 

रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । सिन्धुलीमा मोतिबिन्दु भएका बिरामीहरुको निःशुल्क आँखा अपरेसन शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस

radiosindhuligadhhi

कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा मैनाली चयन

रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा प्रेमनाथ मैनाली ९बासु० सर्वसम्मत चयन