तीनपाटन गाउँपालिकामा नि:शुल्क दन्त शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, १८ मंसिर २०८१, मंगलबार ।
सिन्धुलीको तीनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविर संचालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा समाज डेण्टल हस्पिटल, नयाँ बानेश्वर काठमाडौको प्राविधिक सहयोगमा दन्त शिविर संचालन हुन लागेको गाउँपालिकाले जनाएको हो ।
गाउँपालिकाले आज मंगलबार एक सूचना जारी गर्दै शिविर मंसिर २९ गते शनिबार र ३० गते आईतबार वडा नम्बर ११ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पनटारमा र पुष १ गते सोमबार वडा नम्बर १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म संचालन हुने जनाएको छ ।
शिविरमा दाँत तथा मुख सम्बन्धी सम्पुर्ण परामर्श, दाँत राख्ने, खराब दाँत निकाल्ने, मुख तथा गिजाको उपचार साथै दन्तरोग सम्बन्धी सम्पुर्ण परामर्श, औषधीजन्य सामाग्री वितरण र एक्स- रे लगाएतका सेवाहरु प्रदान गरिने छ । गाउँपालिकाले शिविरमा सहभागी भई मौकाको फाईदा उठाउँन सम्पुर्ण पालिकाबासीलाई सूचना मार्फत अनुरोध गरेको छ ।
सिन्धुलीमा ६९ जना मोतिबिन्दु बिरामीहरुको निःशुल्क आँखा अपरेसन
रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । सिन्धुलीमा मोतिबिन्दु भएका बिरामीहरुको निःशुल्क आँखा अपरेसन शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस
कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा मैनाली चयन
रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा प्रेमनाथ मैनाली ९बासु० सर्वसम्मत चयन
सिन्धुलीमा कारको ठक्करबाट पैदलयात्री गम्भीर घाईते, घाईतेलाई हेलिकप्टरमार्फत काठमाडौ लगियो
रेडियो सिन्धुलीगढी, १३ मंसिर २०८१, बिहिबार । सिन्धुलीमा कारको ठक्करबाट गम्भीर घाईते भएका पैदल यात्री लाई थप उपचारका लागी काठमाडौ लगिएको छ । आज बिहान
प्रतिकृया दिनुहोस