१६ दिने अभियानको पहिलो दिन कमलामाई नगरपालिकामा ¥याली तथा कोण सभाको आयोजना
रेडियो सिन्धुलीगढी, १० मंसिर २०८१, सोमबार ।
‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ आज सोमबारबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । १६ दिने अभियानको पहिलो दिन सिन्धुलीको कमलामाई नगरपालिकाले ¥याली तथा कोण सभाको आयोजना गरेको छ ।
आज सोमबार कमलामाई नगरपालिका अगाडी भेला भएर प्लेकार्ड, ब्यानर सहित सुरु भएको ¥याली बजार परिक्रमा पश्चात नगरपालिका अगाडीनै आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा कमलामाई नगरपालिकाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, विद्यार्थी, नगरपालिकाका कर्मचारी, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
¥याली पश्चात भएको कोण सभालाई सम्बोधन गर्नुहुदै कमलामाईं नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र कुमार पोखरेलले पढेलेखेको परिवारभित्रै हिंसा भईरहेकाले यसलाई रोक्न शिक्षासँगै चेतनाको समेत खाँचो रहेको बताउँनु भयो । लैङ्गिक हिंसाको अन्त्यको लागि घरघर र हरेक नागरिकसम्म सचेतना पु¥याउन आवश्यक रहेको उहाँको भनाई थियो । हिंसा मुक्त मुलुक बनाउँनु शिक्षक, विद्यार्थी , विभिन्न संघसंस्था र आम नागरिकको दायित्व भएको धारणा राख्नु भयो ।
कार्यक्रममा कमलामाई नगरपालिका सिन्धुलीकी उपप्रमुख मन्जु देवकोटाले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै सचेत ढंगले यो अभियान चलाउनु पर्ने बताउँनु भयो । कमलामाई नगरपालिकाले १६ दिने अभियान भर १४ वटै वडामा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने छ ।
तीनपाटन गाउँपालिकामा नि:शुल्क दन्त शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, १८ मंसिर २०८१, मंगलबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविर संचालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा समाज
सिन्धुलीमा ६९ जना मोतिबिन्दु बिरामीहरुको निःशुल्क आँखा अपरेसन
रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । सिन्धुलीमा मोतिबिन्दु भएका बिरामीहरुको निःशुल्क आँखा अपरेसन शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस
कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा मैनाली चयन
रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा प्रेमनाथ मैनाली ९बासु० सर्वसम्मत चयन
प्रतिकृया दिनुहोस