हरिहरपुरगढी गाउँपालिकाले कृषकलाई एभोकाडोको बिरुवा वितरण गर्ने 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २२ साउँन २०८१, मंगलबार ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कृषकलाई एभोकाडोको बिरुवा वितरण गर्ने भएको छ । आर्थिक बर्ष २०८१ र ०८२ को बार्षिक स्वीकृत कृषि विकास कार्यक्रम अन्तर्गत कृषकलाई बिरुवा वितरण गर्न लागिएको हो । गाउँपालिकाले हिजो ९सोमबार० एक सूचना जारी गर्दै गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का कृषकलाई बिरुवा वितरण गरिने जनाएको छ ।

एभोकाडोको विरुवा लिन चाहाने ईच्छुक कृषकहरुले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाको जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि, ऐलानी जग्गा भएमा निस्सा कार्ड र सम्बन्धित वडा कार्यालयको सिफारिस सहित यहि साउँन ३२ गते शुक्रबार भित्र पालिका अन्तर्गतको प्रशासनिक ईकाइ, पान्तले कृषि सेवा केन्द्र वा गाउँ कार्यापालिकाको कार्यालय, झनझनेको कृषि विकास शाखामा निवेदन पेश गर्न गाउँपालिकाले सूचना मार्फत अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

दुधौली ९ खोरभञ्याङमा मोटरसाईकल र अटो आपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाईते 

रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ९ खोरभञ्याङमा मोटरसाईकल र अटो एकआपसमा ठक्कर खाई

radiosindhuligadhhi

दुधौली नगरपालिका ६ हर्षाहीलाई आगामी माघ महिना भित्र बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने लक्ष्य 

रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार ।  दुधौली नगरपालिकाले वडा नं ६ हर्षाहीलाई आउँदो माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने

radiosindhuligadhhi

पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।