चिर्पट प्रहार गरी सिन्धुलीमा एक जनाको हत्या 

radiosindhuligadhhi

सिन्धुली ।

सिन्धुलीमा चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । गत आइतवार राती घ्याङलेख २ चालिसेबगरका आशमान वाइबा र भुन्टे भन्ने ज्ञानबहादुर वाइबाले चिर्पटले हान्दा सोही ठाउँका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको ज्यान गएको हो ।

काठको दाउराको चिर्पटले हान्दा एक जना गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तिपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि गई घाइतेलाई उपचारका लागी सिन्धुली अस्पताल पठाईएको थियो । घाईते बुढाथोकीको उपचारको क्रममा हिजो सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।  उक्त घटनामा संम्लग्न आशमान वाइबा र ज्ञानबहादुर वाइबालाई पक्राउ गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

खोलाले बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली । खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ दधिदमारका २८ बर्षीय ज्ञानबहादुर भोलन रहेका छन् । हिजो (आईतबार)

radiosindhuligadhhi

आगामी निर्वाचन सम्म एमाले र काँग्रेसको सत्ता समिकरण कायम रहने : बागमती प्रदेश इञ्चार्ज भट्टराई 

सिन्धुली । आगामी निर्वाचन २०८४ सम्म एमाले र काँग्रेसको सत्ता समिकरण कायम रहने नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले बताउँनु

radiosindhuligadhhi

सिन्धुलीमा लागु औषध सहित २ जना पक्राउ 

रेडियो सिन्धुलीगढी, ०३ भदौ २०८१, सोमबार ।  सिन्धुलीमा लागु औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमलामाई नगरपालिका ७ बस्ने ३३ बर्षीय अम्मर