बालमैत्री स्थानीय शासन घोषणाको लागी पत्रकारहरूसँग अन्तरक्रिया

रेडियो सिन्धुलीगढी, ०५ असार २०८१, बुधबार ।
बालमैत्री स्थानीय शासन वडा घोषणाको लागी पत्रकारहरूसँग गरिएको अन्तरक्रिया तथा सुचना सम्प्रेषण कार्यक्रम सम्पन्न भएकोे छ । कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री स्थानीय शासन भएको वडा घोषणाका लागी आयोजना गरिएको अन्तरक्रिया तथा सुचना सम्प्रेषण कार्यक्रम आज बुधबार सम्पन्न भएको हो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम ५१ वटा सुचकहरु ८० प्रतिशत पुरा गरेपछि बालमैत्री वडा घोषणा गर्न सक्ने प्रवाधान रहेको बताउँदै वडा नम्बर ६ का वडा अध्यक्ष उज्जवल कुमार थापाले आगामी असार मसान्त सम्म यस वडालाई बालमैत्री स्थानीय शासन भएको वडा घोषणा गर्ने तयारी रहेको बताउँनु भयो । सबै सरोकारवाला निकायको सहयोग भएमात्र वडालाई तोकिएको समय अवधिभित्रै बालमैत्री स्थानीय शासन घोषणा गर्न सकिने उहाँको भनाई छ ।
कार्यक्रममा ६ नम्बर वडालाई बालमैत्री स्थानीय शासन भएको वडा बनाउनको लागि जनप्रतिनिधि र सञ्चारकर्मीहरूले सामूहिक घोषणा गरेका थिए । वडा नम्बर ६ को आयोजना, प्लान इन्टरनेश्नल नेपाल र ह्याण्ड्स नेपाल सिन्धुलीको साझेदारी तथा कमलामाइ नगरपालिका सिन्धुलीको समन्वय भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति कृष्णहरि घिमिरे, वडा सदस्य लगायत जिल्लाका विभिन्न संचारमाध्यममा आवद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
फिक्कलमा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी एमाले फिक्कल गाउँ कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुआतमा

सिन्धुलीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
सिन्धुली । सिन्धुलीमा बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ मा शुक्रवार बिहान इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एक

डकाहामा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न
रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगर कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन
प्रतिकृया दिनुहोस