सुनकोशी–मरिण डाइभर्सन सुरुङ छिचोलियो

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, २६ वैशाख २०८१, बुधबार । 

सुनकोशी–मरिण डाइभर्सन सुरुङ आज बुधबार छिचोलिएको (ब्रेक थ्रु गरिएको) छ । आज प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सिन्धुलीको सुनकोशी गाउँपालिका कानढुङ्ग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दूरी खनेपछि सुरुङ छिचोलिएको हो ।

प्रधानमन्त्रीले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुदै उहाँले कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरुदण्ड हुनुका साथैै कुल ग्राहस्थ उत्पादनमा एक तिहाई योगदान गर्ने क्षेत्र भएको बताउँदै त्यसका लागी खाद्यन्न आपुर्तिमा आत्मनिर्भर हुन खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र संमृद्धिका साथै गरिबी निवारण गर्न कृषि उत्पादन र उत्पादकत्व बृद्धि अपरिहार्य रहेको बताउँनु भयो ।

नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने र तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताउँनु भयो ।

उहाँले महाभारत र चुरे क्षेत्रबाट उत्पति भएका नदीहरुबाट विकास भएका अधिकास सिचाई प्रणालीहरुबाट स्रोतमा पानीको उपलब्धताको कारण बर्षायाममा सबै संरचना विकास भएका जमिनमा सिचाई सुविधा पुगेतापनि हिउँद र बसन्तयाममा भने थोरै जमिनमा मात्रै सिचाई सुविधा पुग्ने गरेको कारण कृषि उत्पादनमा अपेक्षित बृद्धि हुन नसकेको बताउँनु भएको छ । 

नेपालको हिम नदिहरुको पानीलाई मझौला नदिहरुमा जल पथानान्तरण गर्नसकेमा विकसित सिचाई प्रणालीको पुर्ण रुपमा उपयोग गरेर कृषि उत्पादनमा बृद्धि गरि देशमा खाद्य सङ्कटको समस्या समाधान हुन सक्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सोहि पानीको स्रोतलाई जलविद्युत उत्पादन, खानेपानी लगायत अन्य प्रयोजनमा समेत प्रयोग गरि राष्ट्रको समग्र विकासमा योगदान गर्न सकिने धारणा राख्नु भयो ।  

आयोजना सञ्चालन पश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्याको बहु आयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा ताल÷जलासयमा पर्यटन व्यवसाय फस्टाउने उल्लेख गर्नु भयो ।आज आयोजनाको बे्रक थु्र भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आयोजनाको बाकी काम निर्धारित समयमा वा निर्धातिर समयभन्दा अगाडीनै सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनअन्तर्गत सुरुङको काम कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म हो । सुरुङ निर्माणको अवधि दुई वर्षको भएपनि १९ महिनामै सम्पन्न भएको हो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरिएको छ । सुनकोशी मरिणको सुरुङ छिचोलिए पनि अरू काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख मित्र बरालले जानकारी दिनुभयो ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर ३१ मेगावाटभन्दा बढी क्षमताको बिजुली उत्पादन गर्ने र धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षौभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । सुरुङ खन्ने काम चाँडै भए पनि बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । २०८४ सालको असोजमा आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य छ । ०७७ फागुन २० मा कमलामाई–२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर आयोजना निर्माणको थालनी भएको थियो । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा हायस दुर्घटना हुँदा १ जनाको मृत्यु

  रेडियो सिन्धुलीगढी, ०४ माघ २०८१, शुक्रबार । सिन्धुलीको सुनकोसी गाउँपालिका ६ कानढुङ्ग्रीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना

radiosindhuligadhhi

सिन्धुलीको भिमानबाट सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना बरामद

रेडियो सिन्धुलीगढी, १ माघ २०८१, मंगलबार । सिन्धुलीको भिमानबाट प्रहरीले सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना नियन्त्रणमा लिएको छ । हिजो

radiosindhuligadhhi

मानवअधिकार एलाइन्स सिन्धलीको अध्यक्षमा पुनः पौडेल निर्वाचित

रेडियो सिन्धुलीगढी, २८ पुष २०८१, आईतबार ।  मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी