तीनपाटनमा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिता आज बाट सुरु
सिन्धुली ।
सिन्धुलीको तीनपाटन गाउँपालिकामा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपती रनिङ्गसिल्ड प्रतियोगिता आज बाट सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा चन्द्रवति माध्यमिक विद्यालय बेलघारीको सह–आयोजनामा आज शनिबारबाट सुरु भएको प्रतियोगिता पर्सि सोमबार सम्म चल्ने छ ।
प्रतियोगितामा गाउँपालिकाको २१ वटा सामुदायिक र १ सस्थागत तरी २२ वटा विद्यालयका ४३४ छात्रा, ४३५ छात्रहरुको सहभागी रहेको प्रतियोगिताका ब्यवस्थापन तथा निर्देशन समितिका सदस्य एवं सूचना अधिकारी सविता श्रेष्ठले जानकारी दिनुभयो । चन्द्रवति माध्यमिक विद्यालय बेलघारीमा ३ दिन सम्म चल्ने प्रतियोगितामा एथ्लेटिक्स तर्फ १३ वटा ( दौड, हाइजम्प, लम्जम्प, सट्पूmट लगायत), १ कवर्डी र १ भलिवल गरी १५ विधामा छात्रा–छात्राहरुले प्रतिस्पर्धा गर्नेेछन् ।
उद्घाटन कार्यक्रममा चन्द्रावति माध्यमिक विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य शेर बहादुर मगर, गाउँपालिकाका उपाध्यक्ष धन बहादुर पुलामी, ११ वटै वडाका वडाध्यक्षहरु तथा समाजसेवी क्षेत्र बहादुर दाहाल लगायत सरोकारवालाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता : महिला/पुरुष दुबैमा तीनपाटन विजयी
रेडियो सिन्धुलीगढी, २५ वैशाख २०८२, बिहिवार । तीनपाटन गाउँपालिकामा सम्पन्न दोस्रो जिल्ला अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा

फिक्कल उपाध्यक्ष भलिबल प्रतियोगिता सञ्चालन हुने
रेडियो सिन्धुलीगढी, २२ वैशाख २०८२, सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जेठ ४ गतेदेखि जेठ ६
.jpeg)
तीनपाटन गाउँपालिकामा अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने
रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा दोस्रो सिन्धुली जिल्ला (अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल
प्रतिकृया दिनुहोस