प्रशिक्षण कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, २८ फागुन २०७९, आईतबार / नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी जिल्ला कमिटि सिन्धुलीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कमिटिका अध्यक्ष सुर्य पाख्रीनको अध्यक्षता तथा पार्टीका स्थायी कमिटि सदस्य एवम बाग्मति प्रदेश कमिटिका अध्यक्ष साबित्रा भुृसालको प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रम हिजो शनिबार सम्पन्न भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टीका केन्द्रिय सचिवालय सदस्य घनश्याम भुसालले वर्गिय समाजमा वर्ग संघर्ष नै समाज परिवर्तन विकासको महत्वपुर्ण आधार रहेको बताउँनु भयो । उहाँले आफ्नो श्रम बेचेर गुजारा चलाउँने सर्वहारा वर्गका व्यक्ति भएको बताउँनु भयो । साथै, उहाँले दलाल पुजीवाद र राष्टिय पुजिवादको बारेमा प्रशिक्षण गराईएको बताउँनु भएको छ । राष्टिय पुजीको विकास कसरी हुन्छ, समाजवादको तयारी गरेर अगाडी बढ्ने बारेमा छलफल गरिएको बताउँनु भयो । साथै, उहाँले प्रगतिशील विचारको पक्षमा लाग्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । उहाले शान्ति, विकास शुशासन समृद्धिका लागी काम गर्न अग्रसर हुनुपर्ने बताउँनु भयो ।
प्रशिक्षण कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताहरुलाई पार्टीको निति, सिद्धान्त अवधारणाको बारेमा र माक्र्सवाद र समाजवादको बारेमा जानकारी गराईएको थियो । कार्यक्रमको प्रशिक्षण केन्द्रिय सदस्य एंव स्कुल बिभाग सचिव आशिष घिमिरेले गराउँनु भएको थियो । प्रशिक्षण कार्यक्रममा २५० जनाको सहभागिता रहेको थियो ।

लोकतान्त्रिक चोकमा एमाले सिन्धुलीले ग¥यो जागरणसभा
सिन्धुली १८ चैत २०८१ । नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीले जागरण सभाको आयोजना गरेको छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका

एमाले सिन्धुलीले जागरणसभा गर्ने
सिन्धुली । मूलुकमा राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ । एमाले सिन्धुलीको

उपभोक्ता अधिकारको संरक्षण , प्रवद्र्धन तथा कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको मन्त्री तामाङ को भनाई
उपभोक्ता अधिकारको संरक्षण , प्रवद्र्धन तथा कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया
प्रतिकृया दिनुहोस