सिन्धुलीमा प्रहरी हवल्दार र प्रहरी जवान लक्षित दौड प्रतियोगिता सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०९ कात्तिक २०७८, मंगलबार/ सिन्धुलीका प्रहरीहरुले आज दौड प्रतियोगिता सम्पन्न गरेको  छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा आन्तरिक लामो दुरीको दौड प्रतियोगिता सम्पन्न भएको हो । 

प्रहरी हवल्दार र प्रहरी जवान लक्षित ५ किलोमिटर दौड प्रतियोगिता गरेको प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्द थपलियाको उपस्थितिमा प्रहरी हवल्दार र प्रहरी जवानहरुको मनोबल बढाउनको लागि कार्यक्रमको आयोजना गरिएको प्रहरी नायव उपरिक्षक लामाले बताउनुभयो । उहाँका अनुसार दौड प्रतियोगितामा पुरुष तर्फका ५० जना र महिला तर्फका १७ जना गरि ६७ जनाले सहभागिता जनाएका थिए । प्रहरी कर्मचारीहरुको उत्प्रेरणा अभिवृद्धी गर्ने योजनाका साथ प्रतियोगिता सम्पन्न भएको थियो । 

प्रतियोगितामा सहभागि पुरुष प्रहरी जवान तर्फ प्रथम, द्धितिय र तृतिय हुनेमा क्रमशः शिव कुमार बोहोरा, कृष्ण दर्जी र शम्भु सोडारी रहनुभएको थियो । त्यस्तै, महिला प्रहरी जवान तर्फ जोस्ना श्रेष्ठ, कविता श्रेष्ठ र विमला श्रेष्ठ रहनुभएको थियो ।  दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने प्रहरी कर्मचारीलाई पुरस्कार मार्फत सम्मान गरिएको प्रवक्ता लामाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

मिसेस (MRS) तामाङ “२०२३” को अडिसन जेठ १३ गते देखि सुरु

काठमाडौं / तामाङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एबम रहन सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित तामाङनी, गृहिणीरव्यवसायिक महिला

radiosindhuligadhhi

जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

रेडियो सिन्धुलीगढी, २ बैशाख २०८०, शनिबार / सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सास्कृतिक