जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २ बैशाख २०८०, शनिबार / सिन्धुलीको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्ष २०८० को अबसरमा राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान जिल्ला कार्यसमिती सिन्धुलीको आयोजनामा भएको कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको हो । 

स्वर्गिय लोकगायक कृष्णविक्रम थापाको तस्बीरमा माल्यार्पण गदै सिन्धुलीगढी घुमेर हेर्दा भन्ने गितमा नाचगान गदै कार्यक्रमको उद्घाटन गरिएको थियो । जिल्लामा पहिलो चोटी गरिएको दोहोरी प्रतियोगिता कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका ६ जना महिला र ६ जना पुरुष गरि जम्मा १२ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पवित्रा रम्तेल र शिशिर सिद्धको समुह प्रथम, धर्मेन्द्र सिंह र निर्मला मोक्तानको समुह द्धितिय, मानकुमार बि।क र सावित्रा कालिकोटेको समुह तृतिय र रीता थिंङ र श्याम पुलामीको समुहले सान्तवना स्थान हासिल गर्न सफल भएका थिए ।

कार्यक्रमममा गायिका अमृता लुङ्गेली, गायक राकुमार नेपाली, गायक बलबहादुर गुरुङ, गायक नरेश खाती, गायीका रिया घले तथा हास्यकलाकार प्रभात लामा र गायक नबिन पौडेलको प्रस्तुतीमा दर्शकहरु रमाएका थिए।

जिल्ला कार्यसमिती सिन्धुलीका अध्यक्ष नन्दलाल श्रेष्ठको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारी, जिल्ला समन्वय समिती सिन्धुलीकी उपप्रमुख शान्ता कार्की, उद्योग बाणिज्य संघ सिन्धुलीका बरिष्ठ उपाध्यक्ष बिरबल चौधरी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठ, पत्रकार, कार्यसमितिका सदस्यहरु लगायत जिल्लाका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान जिल्ला कार्यसमिती सिन्धुलीका सचिव सुमन थापामगरले कार्यक्रम संचालन गर्नु भएको थियो ।

                                                                                                                                तस्बीर 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

मिसेस (MRS) तामाङ “२०२३” को अडिसन जेठ १३ गते देखि सुरु

काठमाडौं / तामाङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एबम रहन सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित तामाङनी, गृहिणीरव्यवसायिक महिला

लोक गायक तामाङलाई चौथो अवार्ड

सिन्धुली– नेपाली लोक गीत सङ्गित क्षेत्रमा विगत १ दशक देखि लागि परिरहनु भएका सिन्धुली तिनपाटन ११ का गायक निकेश तामाङले “औँठी सुनैको” बोलको गीत