टोल विकास स्तरीय भलिबल प्रतियोगितामा आयोजक रातमाटा प्लानिङ विजयी

रेडियो सिन्धुलीगढी, ३० असोज २०८३, शुक्रबार ।
टोल विकासस्तरीय भलिबल प्रतियोगितामा आयोजक रातमाटा प्लानिङ टोल विकास संस्था विजयी भएको छ । आज (शुक्रबार) भएको खेलमा कृष्ण नगर टोल विकास संस्थालाई हराउँदै आयोजक रातमाटा प्लानिङ टोल विकास संस्था विजयी भएको हो ।
वेष्ट अफ फाइभको पहिलो खेलमा कृष्ण नगरले ३१-२९ को रोमान्चक जित निकालेको थियो । तर रातमाटा प्लानिङले दोस्रो, तेस्रो र चौथो सेटमा २५-१६, २५-२१ र २५-२० अंकले लगातार जित निकालेर विजयी भएको छ ।
विजयी भएसंगै रातमाटा प्लानिङले दशै खसी, उपविजेता भएको कृष्ण नगरले १० हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र समेत प्राप्त गरेको छ । साथै तृतीय भएको माढीबजार टोल विकास संस्थालाई पुरस्कार स्वरुप नगद ७ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

रक्तमाला मन्दिरमा फूलपाती बढाइँ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, ३१ असोज २०८३, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँ स्थित रक्तमाला मन्दिरमा फूलपाती बढाइँ तथा सांस्कृतिक

गोलन्जोर गाउँपालिकामा बस दुर्घटना : ९ जना घाईतेलाई उपचारका लागी अस्पताल लगियो
रेडियो सिन्धुलीगढी, २०८३ असोज ३०, शुक्रबार । काठमाण्डौबाट ओखलढुंगा तर्फ जांदै गरेको बा.प्र.०३–००१ ख.२७७४ नम्बरको बस सिन्धुलीको गोलन्जोर गाउँपालिका

आर्थिक अभावकै कारण वर्षौंदेखि टुकीको भरमा रहेका शंकर बहादुरको घरमा जडान भयो बिजुली
रेडियो सिन्धुलीगढी, २०८३ असोज ३०, शुक्रबार । आर्थिक अभावका कारण वर्षौंदेखि विद्युत् सेवाबाट वञ्चित कमलामाई नगरपालिका १२ टंसारका शंकर बहादुर







प्रतिकृया दिनुहोस