रक्तमाला मन्दिरमा फूलपाती बढाइँ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, ३१ असोज २०८३, शनिबार ।
सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँ स्थित रक्तमाला मन्दिरमा फूलपाती बढाइँ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार फूलपातीका दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा भक्तजनहरूको उल्लासमय उपस्थितिमा फूलपाती परिक्रमा गराई भव्य समारोहका बीच संयुक्त सलामी अर्पणसहित फूलपाती भित्र्याइएको हो ।
रक्तमाला मन्दिर संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेशका १३ जिल्लाका १ सय १९ वटै स्थानीय तहमा रहेका जीर्ण मठमन्दिरको पुनर्निर्माण, संरक्षण, संवद्र्धन तथा तिनको धार्मिक र सांस्कृतिक महत्व उजागर गर्न संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत हरेक वर्ष बजेट विनियोजन हुँदै आएको बताउनुभयो ।
मुख्यमन्त्री थापाले भौगोलिक हिसाबले बागमती प्रदेशकै ठूलो जिल्लामध्ये एक सिन्धुलीको विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायत विभिन्न क्षेत्रमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
विभिन्न राजमार्गसँग जोडिएको सिन्धुली जिल्लाले कृषि, पर्यटन तथा भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको उहाँको भनाइ थियो । जिल्लाको समग्र विकास र समृद्धिका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
यसैबीच, कमलामाई नगरपालिका ५ मधुटारस्थित कालिमाई मन्दिरमा समेत सलामी अर्पण गरी फूलपाती भित्र्याएको छ ।

टाटा सुमो सुनकोसी नदीमा खस्यो, ३ महिलाको मृत्यु, ४ घाईते
रेडियो सिन्धुलीगढी, १ कार्तिक २०८३, आईतबार । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सिन्धुलीको फिक्कल गाउँपालिका ६ नागथानबाट सुनकोसी नदीमा

गोलन्जोर गाउँपालिकामा बस दुर्घटना : ९ जना घाईतेलाई उपचारका लागी अस्पताल लगियो
रेडियो सिन्धुलीगढी, २०८३ असोज ३०, शुक्रबार । काठमाण्डौबाट ओखलढुंगा तर्फ जांदै गरेको बा.प्र.०३–००१ ख.२७७४ नम्बरको बस सिन्धुलीको गोलन्जोर गाउँपालिका

आर्थिक अभावकै कारण वर्षौंदेखि टुकीको भरमा रहेका शंकर बहादुरको घरमा जडान भयो बिजुली
रेडियो सिन्धुलीगढी, २०८३ असोज ३०, शुक्रबार । आर्थिक अभावका कारण वर्षौंदेखि विद्युत् सेवाबाट वञ्चित कमलामाई नगरपालिका १२ टंसारका शंकर बहादुर







प्रतिकृया दिनुहोस