गोलन्जोरको खनियाखर्क खेल मैदानमा असोज २८ देखि ३० गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुदै

SITENAME

रेडियो सिन्धुलीगढी, २१ असोज २०८३, बुधबार ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्क खेल मैदानमा उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा प्रतियोगिता संचालन हुन लागेको हो ।

गाउँपालिकाले गत शुक्रबार एक सुचना जारी गर्दै प्रतियोगिता आउँदो असोज २८ गतेदेखि ३० गतेसम्म संचालन हुने जनाएको छ । प्रतियोगिताबाट प्रथम हुने टिमलाई ५० हजार, द्धितीय हने टिमलाई ३० हजार, तृतीय हुने टिमलाई २० हजार र सान्त्वना स्थान हासिल गर्न सफल टिमलाई १० हजार पुरस्कार प्रदान गरिने सुचनामा उल्लेख गरिएको छ ।

साथै, उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय, उत्कृष्ट स्पाइकर, बेष्ट लिब्रो र बेष्ट सेटरलाई २ हजार नगद प्रदान गरिने छ । प्रतियोगितामा एक वडाबाट २ वटा टिमलाई मात्र सहभागी गराईने छ भने वडा नम्बर ५ को हकमा भने ३ वटा टिम सहभागी गराउँन सकिने सुचनामा भनिएको छ ।

प्रतियोगितामा सहभागीताका लागी कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा खेलाडीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासेपार्ट साइजको २ वटा फोटो सहित इच्छुक टिमले आउँदो सोमबारसम्म टिम दर्ता गराउँन सक्नेछन् ।

भलिबल प्रतियोगिताको उद्धाटन असोज २८ गते बिहान १० बजे गरिने छ ।
 

 

May be an illustration of map and textMay be an image of map, ticket stub and text

प्रतिकृया दिनुहोस
SITENAME

विजया दशमीको अवसरमा चकमकेमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

रेडियो सिन्धुलीगढी, १७ असोज २०८३, शनिबार । विजया दशमी २०८३ को अवसरमा सिन्धुलीको तीनपाटन गाउँपालिका ११ चकमकेमा पालिका स्तरीय फुटबल प्रतियोगिता

SITENAME

गौमती माविमा १८ बर्ष मुनिको अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सम्पन्न 

रेडियो सिन्धुलीगढी, २५ साउन २०८३, सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थिति गौमती माध्यमिक विद्यालयको प्राङ्गणमा संचालित १८ बर्ष मुनिको

SITENAME

अध्यक्ष कप फुटबल प्रतियोगिता : आज भएको पुरुषतर्फको खेलमा वडा नम्बर ७ लाई हराउँदै वडा नम्बर ३ विजयी

रेडियो सिन्धुलीगढी, २९ वैशाख २०८३, मंगलबार । हरिहरपुरगढी गाउँपालिकामा गत आइतबारदेखि सुरु भएको छैटौँ अध्यक्ष कप फुटबल प्रतियोगिताअन्तर्गत आज

↑