नयाँ प्रशासनिक भवनबाट जिल्ला समन्वय समिति सिन्धुलीको सेवा प्रवाह शुभारम्भ

सिन्धुली, ०५ भदौ २०८३, शुक्रबार ।
जिल्ला समन्वय समिति सिन्धुलीको दोस्रो जिल्ला सभाको पाँचौँ अधिवेशन तथा नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको अध्यक्षतामा शुक्रबार नयाँ प्रशासनिक भवनमा आयोजित कार्यक्रममार्फत दोस्रो जिल्ला सभाको पाँचौँ अधिवेशनको उद्घाटन गरिएको हो ।
सोही अवसरमा चैत ५ गत अर्थात आज शुक्रबारदेखि जिल्ला समन्वय समितिको नयाँ प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा प्रवाहसमेत सुरु गरिएको छ । नयाँ भवनले जिल्लाभित्रका स्थानीय तहबीच समन्वय, सहजीकरण तथा अनुगमनका साथै विकास निर्माणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले आर्थिक वर्ष २०८३ /८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय प्रमुख लामाले आफ्नो कार्यकाल अन्तिम वर्षमा रहेको बताउनुभयो। विभिन्न कारणले आफूले सोचेजस्तो काम गर्न नसकेको उल्लेख गर्दै उहाँले कार्यकाल पूरा भएपछि पदमा नरहे पनि निरन्तर जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले नयाँ भवनबाट सेवा प्रवाह सुरु भएसँगै समितिका कामकारबाही थप व्यवस्थित, प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गर्नु भयो ।
त्यस्तै, फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले जिल्लाका सबै स्थानीय तहको सेवा र गतिविधिलाई समन्वय तथा सहजीकरण गर्न जिल्ला समन्वय समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । सीमित स्रोतसाधनका बीच पनि जिससले स्थानीय तहलाई आवश्यक सल्लाह, सुझाव र पृष्ठपोषण प्रदान गर्दै आएको भन्दै उहाँले जिल्लाका सबै पालिकाको तर्फबाट जिल्ला समन्वय समितिलाई धन्यवाद व्यक्त गर्नुभयो।
अध्यक्ष सुनुवारले स्थानीय तहको स्वास्थ्य सेवाबारे स्वास्थ्य मन्त्रीबाट सार्वजनिक रूपमा व्यक्त भएका धारणाप्रति पनि आपत्ति जनाउनुभयो। पालिकाका अस्पतालबाट सेवा प्रवाह नभएको तथा ९८ प्रकारका औषधि खरिद नगरेको भन्ने भाष्यले समग्र स्थानीय तह र स्थानीय नागरिकको प्रतिष्ठामा आँच आउने उहाँको भनाइ थियो ।
उहाँले संविधानले कक्षा १२ सम्मको शिक्षाको व्यवस्थापन तथा सञ्चालनसम्बन्धी महत्वपूर्ण अधिकार स्थानीय तहलाई प्रदान गरे पनि विभिन्न निकायबाट आउने निर्देशनका कारण स्थानीय तहले प्राप्त अधिकारअनुसार प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्र किशोर थारुले पनि आफ्ना भनाई राख्नु भएको थियो ।

नयाँ प्रशासनिक भवनबाट जिल्ला समन्वय समिति सिन्धुलीको सेवा प्रवाह शुभारम्भ
सिन्धुली, ०५ भदौ २०८३, शुक्रबार । जिल्ला समन्वय समिति सिन्धुलीको दोस्रो जिल्ला सभाको पाँचौँ अधिवेशन तथा नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह शुभारम्भ

बाल संवेदनशील तथा डिजिटल रिपोर्टिङ सम्बन्धी सिन्धुलीका पत्रकारहरुका लागी क्षमता अभिवृद्धि तालिम
रेडियो सिन्धुलीगढी, ०२ भदौ २०८३, मंगलबार । सिन्धुलीको कमलामाई नगरपालिका २ ढुङग्रेभन्ज्याङ स्थित मन्जरी रिसोर्टमा संचालित दुई दिने बाल संवेदनशील

जलनपीडित नगरबासीको निःशुल्क उपचारका लागी दुधौली नगरपालिका र कीर्तिपुर अस्पताल बिच सम्झौता
रेडियो सिन्धुलीगढी, २८ साउन २०८३, बिहिबार । सिन्धुलीको दुधौली नगरपालिकाले जलनबाट पीडित नगरवासीको उपचार निःशुल्क गराउन कीर्तिपुर अस्पतालसँग






प्रतिकृया दिनुहोस