बाल संवेदनशील तथा डिजिटल रिपोर्टिङ सम्बन्धी सिन्धुलीका पत्रकारहरुका लागी क्षमता अभिवृद्धि तालिम

रेडियो सिन्धुलीगढी, ०२ भदौ २०८३, मंगलबार ।
सिन्धुलीको कमलामाई नगरपालिका २ ढुङग्रेभन्ज्याङ स्थित मन्जरी रिसोर्टमा संचालित दुई दिने बाल संवेदनशील तथा डिजिटल रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । वल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सिड्स नेपाल सिन्धुलीको आयोजनामा आईतबारबाट सुरु भएको तालिम हिजो सोमबार सम्पन्न भएको हो ।
बाल अधिकार, बाल हीत, बाल संवेदनशीलता तथा बालबालिकाका मुद्धाको सन्दर्भ लगाएतका बिषयमा जानकारी गराई बालबालिकाहरुको हीत प्रवद्र्धनका सम्दर्भमा रुचिकर समाचारको खोजी, निमार्ण तथा संचारमाध्यममार्फत सार्वजनिक गर्न सक्षम बनाउँने उदेश्यका साथ जिल्लाका क्रियाशील पत्रकारहरुलाई तालिम प्रदान गरिएको सिड्स नेपाल सिन्धुलीकी कोषाध्यक्ष बाल कुमारी श्रेष्ठले जानकारी दिनु भयो ।
तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका, राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष बरिष्ठ पत्रकार धर्मेन्द्र झाले गर्नुभएको थियो । समापन कार्यक्रममा प्रशिक्षक झा, वल्ड भिजन इन्टरनेशनल नेपालको कम्युनिकेसन म्यानेजर उमा थापा, वल्ड भिजन इन्टरनेशनल नेपालको पूर्वी क्षेत्रीय कार्यालय बर्दिवासका कार्यक्रम प्रबन्धक प्रमिल अधिकारी लगायतले आफ्ना भनाई राख्नु भएको थियो ।
तालिममा सहभागी जिल्लाका क्रियाशील पत्रकारहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तादै आगामी दिनमा समाचार संकलन तथा प्रकाशन र प्रसारण गर्ने बताएका थिए ।

नयाँ प्रशासनिक भवनबाट जिल्ला समन्वय समिति सिन्धुलीको सेवा प्रवाह शुभारम्भ
सिन्धुली, ०५ भदौ २०८३, शुक्रबार । जिल्ला समन्वय समिति सिन्धुलीको दोस्रो जिल्ला सभाको पाँचौँ अधिवेशन तथा नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह शुभारम्भ

नयाँ प्रशासनिक भवनबाट जिल्ला समन्वय समिति सिन्धुलीको सेवा प्रवाह शुभारम्भ
सिन्धुली, ०५ भदौ २०८३, शुक्रबार । जिल्ला समन्वय समिति सिन्धुलीको दोस्रो जिल्ला सभाको पाँचौँ अधिवेशन तथा नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह शुभारम्भ

जलनपीडित नगरबासीको निःशुल्क उपचारका लागी दुधौली नगरपालिका र कीर्तिपुर अस्पताल बिच सम्झौता
रेडियो सिन्धुलीगढी, २८ साउन २०८३, बिहिबार । सिन्धुलीको दुधौली नगरपालिकाले जलनबाट पीडित नगरवासीको उपचार निःशुल्क गराउन कीर्तिपुर अस्पतालसँग






प्रतिकृया दिनुहोस