मरिणका किराना पसल तथा होटल–रेष्टुरेन्टहरूको अनुगमन तथा निरीक्षण

रेडियो सिन्धुलीगढी, २० साउन २०८३, बुधबार ।
सिन्धुलीको मरिण गाउँपालिका अन्तर्गतका बजार क्षेत्रका किराना पसल तथा होटल–रेष्टुरेन्टहरूको अनुगमन तथा निरीक्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, मरिण गाउँपालिका, पत्रकार तथा उपभोक्ता प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीद्वारा किराना पसल तथा होटल–रेष्टुरेन्टहरूको अनुगमन तथा निरीक्षण गरिएको हो ।
अनुगमनका क्रममा सरसफाई तथा फोहोर व्यवस्थापन सन्तोषजनक नपाईएको भन्दै ३ जना खाद्य व्यवसायीलाई १५ हजार जरिवाना तिराईएको छ । साथै, उपभोग्य अवधि समाप्त भएका करिब ३ हजार ७ सय बराबरका खाद्य पदार्थ नष्ट गरिएको छ ।
अनुगमन टोलीले खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम गर्न, खाद्य स्वच्छता तथा गुणस्तर ऐन बमोजिमको दायित्व पालना गर्न, म्याद गुज्रिएका खाद्य पदार्थ बिक्रीस्थलमा नराखी समयमै फिर्ता वा नष्ट गर्न, खाद्य तथा अखाद्य वस्तु छुट्टाछुट्टै राख्न र उपभोक्तालाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्री–वितरण गर्न निर्देशन दिएको छ ।

अभौतिक मुद्रा (क्रिप्टो) को कारोबार गर्ने सिन्धुलीका दुई युवा पक्राउ
रेडियो सिन्धुलीगढी, २१ साउन २०८३, बिहिबार । अभौतिक मुद्रा (क्रिप्टो) को कारोबार गर्ने सिन्धुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा

कमलामाई नगरपालिकाले जलन भएका नगरबासीका लागि निःशुल्क उपचारको व्यवस्था ग¥र्यो
रेडियो सिन्धुलीगढी, १९ साउन २०८३, मंगलबार । सिन्धुलीको कमलामाई नगरपालिकाले कीर्तिपुर अस्पतालसँग समन्वय गरी जलन भएका नगरबासीको निशुल्क उपचार गर्ने

सुनकोसीमा कार खस्दा बेपत्ता भएका तीनै जनाको परिचय खुल्यो
रेडियो सिन्धुलीगढी, १८ साउन २०८३, सोमबार । सुनकोसी नदीमा बेपत्ता भएका तीनै जनाको परिचय खुलेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल








प्रतिकृया दिनुहोस