कमलामाई नगरपालिकाले जलन भएका नगरबासीका लागि निःशुल्क उपचारको व्यवस्था ग¥र्यो

SITENAME

रेडियो सिन्धुलीगढी, १९ साउन २०८३, मंगलबार ।

सिन्धुलीको कमलामाई नगरपालिकाले कीर्तिपुर अस्पतालसँग समन्वय गरी जलन भएका नगरबासीको निशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । जनताको स्वास्थ्यलाई सर्वोच्च प्राथमिकतामा राख्दै निःशुल्क उपचार सेवा सुनिश्चित गरिएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो ।

उहाँले जलनको पीडा सहनु नै कठिन हुने र त्यसमा उपचारको आर्थिक बोझ थपिनु झन् पीडादायी रहेको भन्दै अब नगरभित्रका कुनै पनि नागरिकले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउँने बताउँनु भयो। 

नगर प्रमुख पोखरेलले यो निर्णय केवल एउटा स्वास्थ्य कार्यक्रम मात्र नभई प्रत्येक नागरिकको जीवनप्रतिको सम्मान, सम्वेदना र उत्तरदायी स्थानीय सरकारको प्रतिबद्धता रहेको बताउँनु भयो । उहाँले भन्नुभयो, “जनताको दुःखमा साथ दिनु नै सच्चा जनप्रतिनिधिको धर्म हो ।”

प्रतिकृया दिनुहोस
SITENAME

मरिणका किराना पसल तथा होटल–रेष्टुरेन्टहरूको अनुगमन तथा निरीक्षण 

रेडियो सिन्धुलीगढी, २० साउन २०८३, बुधबार । सिन्धुलीको मरिण गाउँपालिका अन्तर्गतका बजार क्षेत्रका किराना पसल तथा होटल–रेष्टुरेन्टहरूको अनुगमन तथा

SITENAME

सुनकोसीमा कार खस्दा बेपत्ता भएका तीनै जनाको परिचय खुल्यो 

रेडियो सिन्धुलीगढी, १८ साउन २०८३, सोमबार । सुनकोसी नदीमा बेपत्ता भएका तीनै जनाको परिचय खुलेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल

SITENAME

फिक्कलमा बसको ठक्करपछि कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

रेडियो सिन्धुलीगढी, १८ साउन २०८३, सोमबार ।  मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरमा बसको ठक्करबाट कार सुनकोशी नदीमा