सुनकोसीमा कार खस्दा बेपत्ता भएका तीनै जनाको परिचय खुल्यो

रेडियो सिन्धुलीगढी, १८ साउन २०८३, सोमबार ।
सुनकोसी नदीमा बेपत्ता भएका तीनै जनाको परिचय खुलेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरमा बसको ठक्करबाट कार सुनकोशी नदीमा खस्दा कारमा सवार तीन जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा प्र ३०१०२४ च ९५७३ नम्बरको कार चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का ३९ वर्षीय दिलकुमार लामा, गोलन्जोर गाउँपालिका १ का गणेश थापा र तीनपाटन गाउँपालिका ९ डाडाँखर्क बस्ने १७ बर्षीय सुजन बलमपाकी मगर रहेका छन् । वेपत्ता भएका व्यक्तिहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
आज (सोमबार) बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८००१ ख ०१४४ नम्बरको बसले कारलाई ठक्कर दिएको थियो ।ठक्करपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको सिन्धुली प्रहरीले जनाएको छ ।
बस फिक्कल गाउँपालिका ६ का २६ वर्षीय हेमबहादुर तामाङले चलाइरहेका थिए । प्रहरीले बस र चालक तामाङलाई नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखेको छ ।

मरिणका किराना पसल तथा होटल–रेष्टुरेन्टहरूको अनुगमन तथा निरीक्षण
रेडियो सिन्धुलीगढी, २० साउन २०८३, बुधबार । सिन्धुलीको मरिण गाउँपालिका अन्तर्गतका बजार क्षेत्रका किराना पसल तथा होटल–रेष्टुरेन्टहरूको अनुगमन तथा

कमलामाई नगरपालिकाले जलन भएका नगरबासीका लागि निःशुल्क उपचारको व्यवस्था ग¥र्यो
रेडियो सिन्धुलीगढी, १९ साउन २०८३, मंगलबार । सिन्धुलीको कमलामाई नगरपालिकाले कीर्तिपुर अस्पतालसँग समन्वय गरी जलन भएका नगरबासीको निशुल्क उपचार गर्ने

फिक्कलमा बसको ठक्करपछि कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता
रेडियो सिन्धुलीगढी, १८ साउन २०८३, सोमबार । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरमा बसको ठक्करबाट कार सुनकोशी नदीमा








प्रतिकृया दिनुहोस