फिक्कलमा बसको ठक्करपछि कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

रेडियो सिन्धुलीगढी, १८ साउन २०८३, सोमबार ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरमा बसको ठक्करबाट कार सुनकोशी नदीमा खस्दा कारमा सवार तीन जना बेपत्ता भएका छन् ।
सोमबार बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८००१ ख ०१४४ नम्बरको बसले सोहि दिशाबाट जाँदै गर्दा सोहि स्थानमा रोकि राखेको प्र ३०१०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो । बस फिक्कल गाउँपालिका ६ का २६ वर्षीय हेमबहादुर तामाङले चलाइरहेका थिए भने कार सिन्धुपाल्चोक जुगल गाउँपालिकाका ३९ वर्षीय दिलकुमार लामाले चलाइरहेका थिए ।
ठक्करपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक दिलकुमार लामा, गोलन्जोर गाउँपालिकाका धुर्ब थापाका २७/२८ वर्षीय छोरा गणेश थापा तथा नाम, थर र ठेगाना नखुलेका एक जना हेल्पर बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीले बस र चालक तामाङलाई नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखेको छ ।

मरिणका किराना पसल तथा होटल–रेष्टुरेन्टहरूको अनुगमन तथा निरीक्षण
रेडियो सिन्धुलीगढी, २० साउन २०८३, बुधबार । सिन्धुलीको मरिण गाउँपालिका अन्तर्गतका बजार क्षेत्रका किराना पसल तथा होटल–रेष्टुरेन्टहरूको अनुगमन तथा

कमलामाई नगरपालिकाले जलन भएका नगरबासीका लागि निःशुल्क उपचारको व्यवस्था ग¥र्यो
रेडियो सिन्धुलीगढी, १९ साउन २०८३, मंगलबार । सिन्धुलीको कमलामाई नगरपालिकाले कीर्तिपुर अस्पतालसँग समन्वय गरी जलन भएका नगरबासीको निशुल्क उपचार गर्ने

सुनकोसीमा कार खस्दा बेपत्ता भएका तीनै जनाको परिचय खुल्यो
रेडियो सिन्धुलीगढी, १८ साउन २०८३, सोमबार । सुनकोसी नदीमा बेपत्ता भएका तीनै जनाको परिचय खुलेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल








प्रतिकृया दिनुहोस