सिन्धुलीमै पहिलो पटक कमलामाई नगरपालिकाबाट स्मार्ट अपाङ्गता परिचयपत्र वितरण सुरु

SITENAME

रेडियो सिन्धुलीगढी, २६ असार २०८३, शुक्रबार ।

सिन्धुलीमा पहिलो पटक कमलामाई नगरपालिकाले नेपाल सरकारको सामाजिक सूचना व्यवस्थापन प्रणाली (एसआईएमएस) मार्फत स्मार्ट अपाङ्गता परिचयपत्र वितरण कार्यको शुभारम्भ गरेको छ ।

हिजो (बिहिबार) नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, सामाजिक विकास शाखा प्रमुख, महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख, सूचना प्रविधि शाखा प्रमुख, अपाङ्गता परिचयपत्र वितरण समितिका सदस्यहरू, सम्बन्धित शाखाका कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा एक कार्यक्रमको आयोजना गर्दै एसआईएमएस प्रणाली मार्फत कार्ड जेनेरेट गरि लाभग्राहीलाई स्मार्ट अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।

कार्यक्रममा उपप्रमुख देवकोटाले सूचना प्रविधिको अधिकतम उपयोग गर्दै नागरिकमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाह नगरपालिकाको प्राथमिकता रहेको बताउँनु भयो । उहाँले स्मार्ट अपाङ्गता परिचयपत्र वितरणले अपाङ्गता भएका नागरिकको सम्मान, पहिचान र सेवामा पहुँचलाई थप सहज र सुरक्षित बनाउने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा पनि नगरपालिकाका अन्य सेवाहरूलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै सुशासन प्रर्वद्धन गरिने उहाँको भनाई छ । 

त्यस्तै, डिजिटल प्रणालीमार्फत परिचयपत्र वितरण हुँदा तथ्याङ्क व्यवस्थापन थप व्यवस्थित, सुरक्षित र विश्वसनीय हुने उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले यसबाट प्रशासनिक कार्यमा पारदर्शिता, अभिलेख व्यवस्थापनमा सहजता तथा सेवा प्रवाहमा गति आउने बताउनुभयो ।  उहाँले प्रविधिमैत्री सार्वजनिक सेवा विस्तारका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो

स्मार्ट परिचयपत्र आधुनिक डिजिटल प्रविधिमा आधारित भएकाले यसमा सुरक्षित रूपमा लाभग्राहीको विवरण अभिलेखीकरण गरिएको हुन्छ । यसले परिचयपत्रको विश्वसनीयता बढाउनुका साथै नक्कली परिचयपत्रको सम्भावना न्यून गर्ने, तथ्याङ्कलाई सुरक्षित राख्ने, आवश्यक पर्दा छिटो प्रमाणीकरण गर्न सकिने तथा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रतिकृया दिनुहोस
SITENAME

सिन्धुली अदालतमा एक वर्षमै ४ सय ३८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

रेडियो सिन्धुलीगढी, ०४ साउन २०८३, सोमबार । जिल्ला अदालत सिन्धुलीमा आर्थिक वर्ष २०८२/८३ मा सम्बन्ध विच्छेदका मुद्दा उल्लेख्य रूपमा बढेका छन् । सोमबार

SITENAME

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली नमुना कार्यालयको रूपमा शुभारम्भ

रेडियो सिन्धुलीगढी, ३१ असार २०८३, बुधबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीलाई नमुना कार्यालयको रूपमा शुभारम्भ गरिएको छ । आज (बुधबार) उद्योग तथा

SITENAME

हरिहरपुरगढी गाउँपालिकामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला 

रेडियो सिन्धुलीगढी, २९ असार २०८३, सोमबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट प्रहरीले भरुवा बन्दुक फेला पारेको छ । हिजो (आईतबार) प्रहरी चौकी