तीनपाटनमा सिड्स नेपालको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, २४ असार २०८३, बुधबार ।
सिन्धुलीको तीनपाटन गाउँपालिकाका कृषकहरू परम्परागत रूपमा करेसाबारीमा सीमित खेती गर्ने अवस्थाबाट क्रमशः व्यावसायिक कृषि उत्पादनतर्फ उन्मुख भएका छन् । वल्र्डभिजन इन्टरनेशनलको आर्थिक सहयोगमा सिड्स नेपाल सिन्धुलीलेले सञ्चालन गरेको ‘एकीकृत विकासका लागि हातेमालो’ कार्यक्रमपछि स्थानीय किसानमा व्यावसायिक खेतीप्रति आकर्षण बढेको हो ।
यसै कार्यक्रमअन्तर्गत सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सिड्स नेपालले पालिकास्तरीय सामाजिक परीक्षण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय, कृषक समूह, स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले सामाजिक परीक्षणले कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न, भएका उपलब्धि सार्वजनिक गर्न तथा आगामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरेका थिए ।
सहभागी उत्पादक समूहका किसानहरूले संस्थाले कृषि उत्पादनका आधुनिक प्रविधि, ज्ञान र सीप प्रदान गर्नुका साथै बजारमुखी खेती गर्न उत्प्रेरित गरेकाले आफ्नो आयआर्जनमा सकारात्मक परिवर्तन आएको बताएका थिए ।
किसानहरूले पहिले घरायसी आवश्यकताका लागि मात्र खेती गर्ने गरे पनि अहिले व्यावसायिक रूपमा तरकारी, फलफूल तथा अन्य नगदे बाली उत्पादन गर्न थालेको उल्लेख गरेका छन् । संस्थाबाट प्राप्त तालिम, प्राविधिक सहयोग तथा नियमित परामर्शका कारण कृषि पेशाप्रति आत्मविश्वास बढेको र व्यवसाय विस्तार गर्न सहज भएको उनीहरुको भनाई छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरले पालिकाभित्र पछिल्लो समय व्यावसायिक कृषकको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको बताउँनु भयो । स्थानीय तह र विकास साझेदार संस्थाबीचको सहकार्यले कृषकको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उहाँले सिड्स नेपालको भूमिकाको प्रशंसा गर्नुभयो ।
सामाजिक परीक्षण कार्यक्रमले पारदर्शिता, सुशासन र जवाफदेहिता प्रवद्र्धन गर्ने उल्लेख गर्दै अध्यक्ष मगरले गाउँपालिकामा कृषि र व्यावसायिक पशुपालनको ठूलो सम्भावना रहेको बताए। पालिकाले कृषि तथा पशुपालनलाई मुख्य आधार बनाएर तीनपाटनलाई व्यावसायिक खेती र पशुपालनको हब बनाउने लक्ष्यसहित काम गरिरहेको र उक्त लक्ष्य हासिल गर्न सिड्स नेपालको सहकार्य प्रभावकारी बनेको उनको भनाइ थियो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिड्स नेपालका कार्यक्रम संयोजक सागर धितालले चालु आर्थिक वर्षमा गाउँपालिकाका सातवटै वडामा विभिन्न कृषि, जीविकोपार्जन तथा क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती कार्यक्रमका लागि करिब ६८ लाख रुपैयाँभन्दा बढी बजेट खर्च गरिएको छ ।

सिन्धुली अदालतमा एक वर्षमै ४ सय ३८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता
रेडियो सिन्धुलीगढी, ०४ साउन २०८३, सोमबार । जिल्ला अदालत सिन्धुलीमा आर्थिक वर्ष २०८२/८३ मा सम्बन्ध विच्छेदका मुद्दा उल्लेख्य रूपमा बढेका छन् । सोमबार

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली नमुना कार्यालयको रूपमा शुभारम्भ
रेडियो सिन्धुलीगढी, ३१ असार २०८३, बुधबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीलाई नमुना कार्यालयको रूपमा शुभारम्भ गरिएको छ । आज (बुधबार) उद्योग तथा

हरिहरपुरगढी गाउँपालिकामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला
रेडियो सिन्धुलीगढी, २९ असार २०८३, सोमबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट प्रहरीले भरुवा बन्दुक फेला पारेको छ । हिजो (आईतबार) प्रहरी चौकी




प्रतिकृया दिनुहोस