सिन्धुलीमा पौडी खेल्ने क्रममा दहमा डुबेर १६ बर्षीय किशोरको मृत्यु
.jpeg)
रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८२, बुधवार ।
सिन्धुलीमा पौँडी खेल्ने क्रममा दहमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका खुर्कोट घर भई हाल कमलामाई नगरपालिका ७ बुद्धानगरचोक बस्ने १६ बर्षीय प्रतिक देवकोटाको मृत्यु भएको हो ।
बुधबार दिउँसो १२;५० को समयमा ग्वाङखोला दोभानको खड्कुलेदहमा साथीहरु सँग पौडी खेल्न गएका देवकोटा दहमा डुबेका थिए । दहमा डुबेर घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याइएकोमा १३;१५ बजेको समयमो चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक देवकोटा मामा उत्तम पहाडीको घरमा बसि सिद्धबाबा बोडिङ स्कुलको कक्षा ९ मा अध्ययन गर्दै आएका थिए ।

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया
रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना

हरिहरपुरगढीमा वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुँदै
रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आगामी वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन
प्रतिकृया दिनुहोस