उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया

रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार ।
ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख धुव्र प्रसाद ढकालले अध्यक्षता तथा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा अन्तरक्रिया गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख धुव्र प्रसाद ढकालले चालु आर्थिक बर्षको चैत महिना सम्म कार्यालयबाट प्रवाह भएका सेवा तथा संचालित कार्यक्रहरुको बारेमा जानकारी गराउँनु भएको थियो ।
कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बन्द अवस्थामा रहेको जिल्लाको शितभण्डार संचालन साथै जिल्लामा कागज उद्योग संचालनका लागी पहल गरिदिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले जिल्लामा उद्योग स्थापनाका लागी सम्भावित क्षेत्रको पहिचान गर्दै आवश्यकता र मागका आधारमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मातृका भट्टराई, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, उद्यमी, व्यवसायी, विभिन्न कार्यालय तथा संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

हरिहरपुरगढीमा वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुँदै
रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आगामी वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन

हरिहरपुरगढी गाउँपालिकामा पालिका स्तरिय लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
सिन्धुली, ०९ वैशाख । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा पालिका स्तरिय लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एकद्धार

गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, ०७ वैशाख २०८२, आईतबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । आर्थिक बर्ष २०८१ / ८२ को स्वीकृत
प्रतिकृया दिनुहोस