हरिहरपुरगढीमा वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुँदै

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आगामी वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा शिविर संचालन हुन लागेको हो । 

गाउँपालिकाले एक सूचना जारी गर्दै शिविरमा विशेषज्ञ डाक्टरद्धारा आँखा जाँच, मोतियाविन्दुको शल्यक्रिया, निःशुल्क औषधी र चस्मा वितरण गरिने जनाएको छ ।

साथै, दाँत सम्बन्धी समस्या भएका विरामीहरुको दाँत सफा गरिने, दाँत निकालिने, आवश्यक परामर्शको साथमा निःशुल्क औषधी वितरण गरिने सूचनामा उल्लेख गरिएको  छ ।

गाउँपालिकाको आयोजना तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौ र ॐ चावहिल डेन्टल प्रा.लि.को प्राविधिक सहयोगमा संचालन हुने शिविर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया 

रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा पालिका स्तरिय लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सिन्धुली, ०९ वैशाख । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा पालिका स्तरिय लैङ्गिक हिंसा सम्बन्धी  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एकद्धार

radiosindhuligadhhi

गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने 

रेडियो सिन्धुलीगढी, ०७ वैशाख २०८२, आईतबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । आर्थिक बर्ष २०८१ / ८२ को स्वीकृत