हरिहरपुरगढी गाउँपालिकामा पालिका स्तरिय लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुली, ०९ वैशाख । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा पालिका स्तरिय लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सिन्धुली र सुनौलो नेफालको आयोजनामा लैङ्गिक हिंसा बिषयमा सुचना, शिक्षा तथा सशक्तीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले लैङ्गिक हिंसा न्युनिकरणको निम्ती यस्ता कार्यक्रम विद्यालयका शिक्षक, विद्यार्थी, स्वयमसेविकाहरु, स्वास्थ्यकर्मी तथा वडा स्तरका सम्पुर्णलाई प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले हिंसा हुने ठाउँका स्थानीयहरुलाई पनि समावेश गर्नुपर्ने बताउनुभयो । आगामी वर्षमा गाउँपालिकाको साझेदारीमा बृहत रुपमा कार्यक्रम सन्चालन गरिने उहाँलेको भनाई छ ।
एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सिन्धुलीका सहजकर्ता सुनिता शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ओसिएमसीको परिचय, कार्य, सेवाहरु, सन्चालन विधि, उदेश्य, हिंसाको प्रकार, हिंसा हुनुको प्रमुख कारणहरु तथा हिंसालाई कम गर्न सकिने उपायहरुको बिषयमा जानकारी गराईएको थियो।
गाउँपालिकाका अध्यक्ष वाइबाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा लगायत शाखागत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया
रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना

हरिहरपुरगढीमा वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुँदै
रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आगामी वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन

गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, ०७ वैशाख २०८२, आईतबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । आर्थिक बर्ष २०८१ / ८२ को स्वीकृत
प्रतिकृया दिनुहोस