सिन्धुलीमा मोटरसाईकल र ईभी गाडी ठोकिँदा मोटरसाईक चालकको मृत्यु 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २१ चैत २०८१, बिहिबार ।

सिन्धुलीको दुधौली नगरपालिका ४ एकहटियामा मोटरसाइकल र ईभी गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । बिहिबार बिहान ८ः२० बजेको समयमा उदयपुरबाट काठमाडौं जाँदै गरेको बा–प्र ०३–०१ ज ४४५ नम्बरको ईभी गाडी र डकाहाबाट दुधौलीतर्फ गइरहेको प्र २–०१– ००१–प ७०११ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको थियो ।

मोटरसाइकल र ईभी गाडी एकआपसमा ठोक्किँदा मोटरसाईकल चालक तीनपाटन गाउँपालिका १० औलडाँडाका २६ वर्षिय प्रेम राना मगरको मृत्यु भएको छ । उनको नगर अस्पताल, सिर्थौलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिए । 

ईभी गाडीमा सवार उदयपुरको त्रियुगा नगरपालिका ११ की ४३ बर्षीया रुक्मा बस्नेत खड्का, लालपत्ता गाउँपालिका ६ की २९ बर्षीया रोशनी माया तामाङ, त्रियुगा नगरपालिका १० की ७० बर्षीया सकुन्तला बस्नेतका सोहि स्थानकी १६ बर्षीय आकृत खड्का वडा नम्बर ६ की ३५ बर्षीया तारा बि.क., वडा नम्बर ११ की ३७ बर्षीया बिन्दा कटुवाल, ७ बर्षीय सिजु राउत, रौतामाई गाउँपालिका २ का १७ बर्षीय योन्जन खड्का र दुधौली नगरपालिका ८ की ४८ बर्षीया चुडा कुमारी मिश्र घाईते भएका छन् । घाइतेहरूलाई केहीलाई काठमाडौंस्थित ट्रमा सेन्टर पठाईएको र केही घाईतेहरुको सिर्थौली नगर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ईभी गाडी चालक उदयपुर त्रियुगा नगरपालिका ६ बस्ने ३८ वर्षीय विरेन्द्र कुमरलाई नियन्त्रणमा लिएको छ 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

चपौलीमा आजबाट राष्ट्रिय कला महोत्सव सुरु, मुख्यमन्त्री लामाद्धारा उद्घाटन 

रेडियो सिन्धुलीगढी, २८ चैत २०८१, बिहिबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीमा रहेको निमार्णाधन कला घरको परिसरमा आजबाट राष्ट्रिय कला

radiosindhuligadhhi

मरिण गाउँपालिका २ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले सेवा लिए

रेडियो सिन्धुलीगढी, २७ चैत २०८१, बुधबार । सिन्धुलीको मरिण गाउँपालिका २ स्थित बाल साक्षर मा.वि मुङ्ग्रे दोभानमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य

radiosindhuligadhhi

जीवन विकास लघुवित्त वित्तीय संस्था सिन्धुलीको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, २५ चैत २०८१, सोमबार । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड सिन्धुलीको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता